सरकारले ज्येष्ठ नागरिकलाई ६८ वर्षदेखि नै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने भएको छ।
संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले अब ६८ वर्षदेखि नै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने बताएका हुन्।
यसअघि सरकारले ७० वर्षपछि मात्रै सामाजिक सुरक्षा भत्ता दिने गरेको थियो।
