दैलेखको महाबु गाउँपालिका अध्यक्ष गुरुङको निधन


दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष लक्षुमन गुरूङको निधन भएको छ। शुक्रबार मध्यान्ह करिब १२ बजे अध्यक्ष गुरूङको निधन भएको हो।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार ७६ वर्षीय अध्यक्ष गुरूङको उपचारका क्रममा जिल्ला अस्पताल दैलेखमा निधन भएको हो।

प्रहरीका अनुसार जिल्ला प्रशासन कार्यालयमा काम लागि जाने क्रममा एक्कासि स्वास्थ्यामा समस्या देखिएपछि उपचारको लागि जिल्ला अस्पतालमा लगिएको थियो।

उनी कर्णालीका सबैभन्दा जेठा पालिका अध्यक्षसमेत हुन्। स्रोतका अनुसार अध्यक्ष गुरूङ लामो समयदेखि उच्च रक्तचाप र मुटुका बिरामी थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *