सल्यानमा जंगलको डढेलो निभाउँदा एक जना सिकिस्त


सल्यानमा जंगलमा लागेको डढेलो निभाउने क्रममा जलेर एक जना सिकिस्त भएका छन्।

बागचौर नगरपालिका-१ कोटबेतको सामुदायिक वनमा लागेको आगो नियन्त्रण गर्ने क्रममा बिहीबार दिउँसो सोही ठाउँका अन्दाजी ५९/६० वर्षीय प्रेम सुनार जलेर सिकिस्त भएका हुन्।

जलेर सिकिस्त सुनारको प्राथमिक स्वास्थ्य केन्द्र थारमारेमा उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको बागचौर नगरपालिकाले जानकारी दिएको छ।

डढेलो लागेको कारण खुल्न नसकेको र यसबारे अनुसन्धान भइरहेको मेयर जनकराज गौतमले बताए। डढेलो अझै नियन्त्रणमा आउन नसकेको उनको भनाई छ। डढेलो नियन्त्रणमा लिन प्रहरी, स्थानीयले प्रयास गरिरहेको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *