गणपूरक संख्या नपुगेपछि संसद बैठक स्थगित


गणपूरक संख्या नपुगेपछि शुक्रबारको संसद बैठक स्थगित भएको छ। राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त अनुगमन तथा मुल्यांकन विधेयक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश गर्ने क्रममा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले गणपूरक संख्या नपुग्ने भन्दै नियमापत्ति गरेपछि सभामुखले सचिवालयका कर्मचारीलाई यकिन गर्न लगाएका थिए।

संसद बैठकमा कुनै पनि प्रस्ताव निर्णयार्थ पेश गर्न प्रतिनिधिसभाको एक चौथाइ अर्थात् ६९ सांसद उपस्थित हुनुपर्छ। ३ मिनेट घण्टी बजाएर गणपूरक संख्या यकिन गर्दा ५० जना मात्रै सांसद उपस्थित भएपछि सभामुख देवराज घिमिरेले बैठक फागुन १५ गतेसम्मका लागि स्थगित गरे। दिउँसो साढे १ बजे सुरु भएको बैठक चार घण्टासम्म चलेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *