आठै दलका शीर्ष नेतासहित पुगेर रामचन्द्रले गराए उम्मेदवारी दर्ता


नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित आठै दलका शीर्ष नेताहरूलाई साथ लिएर पौडेलले उम्मेदवारी दर्ता गराएका हुन्। 

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा पौडेल राष्ट्रपतिको उम्मेदवारी दर्ताका लागि दिउँसो २ बजे पुगेका थिए। 

उम्मेदवारी दर्ता गर्न प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अशोक राई, जनमत पार्टीका नेता एवं खानेपानीमन्त्री अब्दुल खान, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी पुगेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *