गाईजात्राको रौनक नेपालगन्जमा ।


प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’आज विभिन्न कार्यक्रमको आयोजना गरी सुरु भएको छ ।एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वामानिसलाई गाईका रूपमासिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ ।

यसरी नगरपरिक्रमागर्नाले वर्षभरि मृत्यु भएकाव्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनु’भनी आज्ञा दिएका आधारमा यो पर्व शुरु भएको ऐतिहासिक तथ्य छ ।

गाईजात्रा’को अवसरमानेवाःपुचःबाँके र नेवाः देय दबु बाँकेको आयोजनामा नेपालगन्जमा ¥याली निकालिएको थियो । धम्बोझी चोकबाट सुरु भएको ¥याली सेतुबिकचोक, त्रिवेणी मोड,बागेश्वरी टोल हुँदै घरबारी टोल भएर बागेश्वरी मन्दिर परिसर पुगेको थियो । नेपालगन्जमा यसअघि घरमा सीमित गाइजात्रा यसपटक भने सामुहिक रुपमा औपचारिक कार्यक्रमको आयोजनागरि मनाइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *