इरान र साउदी अरब कूटनीतिक सम्बन्ध पुनःस्थापना गर्न सहमत


इरान र साउदी अरब कूटनीतिक सम्बन्ध पुनःस्थापना गर्न सहमत भएका छन्।

चीनको राजधानी बेइजिङमा भएको वार्तामा सम्बन्ध र सुरक्षा सम्झौता पुनःस्थापना गरेपछि दुई महिनाभित्र दूतावास खोल्ने सम्झौता भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

वार्तामा इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली शामखानी, साउदी राष्ट्रिय सुरक्षा सल्लाहकार मुसाद बिन मोहम्मद अल–एबान र चीनका वरिष्ठ कूटनीतिज्ञ वाङ यी सहभागी थिए। निर्णय कार्यान्वयन गरेपछि दुवै देशका विदेशमन्त्रीहरूले राजदूत आदान–प्रदानको तयारीका लागि भेट गर्नेछन्।

वाङले दुई देशको सम्झौतालाई चीनले पूर्ण समर्थन गर्ने बताएको समाचारमा जनाइएको छ । दुई देशलेसन् २००१ मा हस्ताक्षर भएको सुरक्षा सहयोग सम्झौता सक्रिय गर्न पनि सहमति जनाएका छन्।

यी दुई प्रतिद्वन्द्वीबीच लामो समयदेखि तनाव छ। प्रदर्शनकारीहरूले इरानमा साउदी कूटनीतिक केन्द्रहरूमा आक्रमण गरेपछि रियादले सन् २०१६ मा तेहरानसँगको सम्बन्ध तोडेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *