जुम्लामा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु


जुम्लाको तिला गाउँपालिकामा श्रीमानले कुटेपछि श्रीमतीको मृत्यु भएको छ। तिला–४ नुवाकोटका ४७ वर्षीय आइते सार्कीले आफ्नै श्रीमती २३ वर्षीय ममता नेपालीलाई कुटपिट गरेर हत्या गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय जुम्लाले मृतकको शव कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पोस्टमार्टमका लागि ल्याइएको जनाएको छ। सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।

‘प्रारम्भिक बयानमा श्रीमान्‌ले कुटपिट गर्दा बेहोस भएको बताएका छन’, प्रहरी निरीक्षक यामबहादुर बुढामगरले भने, ‘कुटपिट गरेर घाइते बनाएको र समयमै उपचार नहुँदा मृत्यु भएको देखिएको छ।’

‘प्रहरीलाई शनिबार दिउँसो दुई बजेतिर खबर प्राप्त भएको थियो। शवको प्रकृति हेर्दाखेरी एक हप्ताअघि नै हत्या गरेर घरमा लुकाएर राखेको देखिन्छ,’ उनले थपे, ‘शव कुहिसकेकोले श्रीमतीलाई केले प्रहार गरेको भन्ने पत्ता लाग्न सकेको छैन । पोस्टमार्टम रिपोर्टले सबै स्पष्ट पार्नेछ।’

उनका अनुसार श्रीमानले श्रीमती बिरामी भएको छिमेकीलाईसम्म थाहा नदिनु, घरमै लुकाएर राख्नुले हत्या गरेको पुष्टि हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *