मिटरब्याजीहरूलाई सरकारले कारबाही गर्नुपर्छ : अध्यक्ष ओली


नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मिटरब्याज कारोबारलाई नियन्त्रण गर्न सरकारले प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन्।

बिहीबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले सरकारले मिटरब्याजीहरुलाई कारबाही गर्नुपर्ने बताए।

अध्यक्ष ओलीले मिटरब्याज लिने ऋणीहरुले पनि सचेत हुन आवश्यक रहेको बताए। उनले ऋण पायो भन्दै जहाँतहीँबाट ऋण लिन नहुने बताए। उनले आम नागरिकहरु बेलैमा सचेत भई मिटरब्याज कारोबारमा फस्नु नहुने बताए।

उनले भने, ‘हामीले मिटरब्याज पीडितहरुको बारेमा सरकारको ध्यानाकर्षण गरेका छौँ। अहिले पनि म सरकारलाई भन्न चाहन्छु, सरकारले ध्यान दिएर मिटरब्याजीहरूलाई कारबाही गर्नुपर्छ, दोस्रो अफ्ठ्यारो पर्‍यो भन्दैमा जस्तो पायो त्यस्तो ब्याजमा सही गर्ने, केमा सही गरेँ थाहा नपाईकन मिटरब्याजी कारोबार गर्न मञ्जुर अरुले पनि हुनुहुँदैन।’

अध्यक्ष ओलीले फागुन १ गते हिंसा दिवस भएको भन्दै त्यसलाई राष्ट्रिय उत्सवका रुपमा बिदा दिइएको बताए। उनले अबदेखि वार्षिक क्यालेण्डरका रुपमा रहनेगरी निर्णय भएको जानकारी पाएको भन्दै सार्वजनिक बिदाका रुपमा राखिए क्यालेण्डरबाट हटाउने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *