कर्णाली प्रदेश : मुख्यमन्त्री शर्माले दोस्रो पटक पाए विश्वासको मत


कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले दोस्रो पटक विश्वासको मत पाएका छन्।

आज (शुक्रबार) प्रदेशसभाको नवौँ बैठकबाट उनल विश्वासको मत पाएका हुन्। उनले नेकपा माओवादी केन्द्रसहित नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र सांसदको मत प्राप्त गरेका छन्।

मतदानमा सहभागी ३९ जना सांसदमध्ये मुख्यमन्त्री शर्माको पक्षमा ३८ मत परेको छ भने विपक्षमा १ मतमात्र परेको छ। उनले राप्रपाबाहेक सबै दल र स्वतन्त्र सांसदको मतसमेत पाएका हुन्। यसअघि माघ ६ गते एमाले, राप्रपासहितको विश्वासको मत प्राप्त गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *