मन्थलीमा बोलेरो दुर्घटना : पाँचजनाको मृत्यु, १० घाइते


रामेछापको मन्थली नगरपालिका–७ को कौछिनीमा बोलेरो दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ।

मन्थली–७ स्थित कौछिनीतर्फ जाँदै गरेको बा ११ च ५५३ नं को बलेरो सडकबाट करिब एक सय मिटर तल खस्दा चारजनाको घटनास्थलमै र एकजनाको अस्पतालमा मृत्यु भएको हो।

रामेछाप प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीका अनुसार कौछिनीकी ८२ वर्षीया नन्दमाया भण्डारी, ६८ वर्षीया जेसुङ तामाङ, ४० वर्षीया ज्यानरानी तामाङ र सुनापाती गाउँपालिका १ दुम्सीकी ८ वर्षीया बालिका लाक्पा घिसिङको घटनास्थलमै मृत्यु भएको हो।

चालक कौछिनीकै ५० वर्षका दलबहादुर आले मगरको भने उपचारकै क्रममा सामुदायिक अस्पतालमा मृत्यु भएको हो।

अन्य १० जना घाइतेको जिल्लास्थित विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *