करेन्ट लागेर कर्मचारीको मृत्यु


सल्यानमा करेन्ट लागेर एक कर्मचारीको मृत्यु भएको छ। जिल्लाको शारदा नगरपालिका–१ श्रीनगरमा वर्ल्डलिंकको अफिसमा कार्यरत शारदा नगरपालिका–२ डाडाँगाउँ निवासी अन्दाजी ४२ वर्षीय प्रह्लाद शाहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

शनिवार दिउँसो छत्रेश्वरी गाउँपालिका–१ दमाचौरमा वर्ल्डलिंकको फाइबर लाइन विस्तार गर्न विद्युत्‌को पोलमा सिढी लगाउने क्रममा एक्कासी करेन्ट लागि गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिए।

करेन्ट लागी गम्भीर घाइते शाहको स्थानीय दीर्घायु मेडिकलमा सामान्य उपचारपछि सल्यान जिल्ला अस्पतालमा ल्याउँदा डाक्टरले मृत घोषणा गरेको उनको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *