डा. मिनेन्द्र रिजाल कांग्रेसको केन्द्रीय सदस्य मनोनित


डा. मिनेन्द्र रिजाल नेपाली कांग्रेसको केन्द्रीय सदस्य मनोनित भएका छन् ।

सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा (१०) बमोजिम डा. रिजाललाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका हुन् ।

गत महाधिवेशनमा शेखर कोइराला प्यानलबाट महामन्त्री उठेका उनी पराजित भएका थिए । महामन्त्रीमा पराजय भोगेसँगै उनले रक्षामन्त्रीबाट समेत राजीनामा दिएका थिए ।

देउवाले आफ्नो प्यानलबाट महामन्त्रीमा हारेका डा. प्रकाशशरण महतलाई केन्द्रीय सदस्य, पार्टी प्रवक्ता, समानुपातिक सांसद हुँदै अर्थमन्त्री बनाएका छन् । तर रिजालले गत निर्वाचनमा चुनाव लड्न टिकटसमेत पाएका थिएनन् ।

महाधिवेशनको डेढवर्षपछि रिजाल बल्ल केन्द्रीय सदस्य मनोनित भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *