संघीयताबारे छलफलै भएन : एमाले


नेकपा (एमाले)ले पार्टी केन्द्रीय कमिटी बैठकमा संघीयताबारे छलफल नै नभएको स्पष्ट पारेको छ।

शनिबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कमिटी बैठक समापन गर्दै अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले संघीयताबारे पुनर्विचार गर्ने कुरा सोच्न पनि नसकिने बताएका छन्।

बैठकमा संघीयताको विरोधमा छलफल गरिएको भन्ने भ्रमपूर्ण हल्ला चलाइएको उल्लेख गर्दै अध्यक्ष ओलीले एमालेले त्यस्ता हल्लालाई खारेज गर्ने बताएको पनि पार्टीका प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।

ओलीले बैठकमा पार्टीको आधिकारिक निर्णय मात्रै बाहिर लैजान केन्द्रीय सदस्यलाई निर्देशन दिएका थिए। ओलीले बैठकमा आफ्नो पार्टी संविधान निर्माणको नेता पार्टी भएकाले यसका कुनै पनि स्तम्भलाई हल्लाउने पक्षमा नरहेको पनि बताए।

बैठकले मिसन ग्रासरुट अभियानबाट प्राप्त सुझावको आधारमा पार्टीको वार्षिक कार्ययोजना पनि तय गरेको छ। जसमा कम्युनिष्ट पार्टीहरूको अन्तरराष्ट्रिय सम्मेलन गर्ने योजना समावेश गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *