सबै सिडिओलाई गृहमन्त्रीको निर्देशन : कार्यशैली र पद्धतिमा गुणात्मक परिवर्तन गर्नू


उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आइतबार ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरुको भर्चुअल बैठकलाई सम्बोधन गर्दै दृष्टिबिन्दु, कार्यशैली र कार्यपद्धतिमा गुणात्मक परिवर्तन गर्न निर्देशन दिएका छन्।

उपप्रधानमन्त्री श्रेष्ठले हाम्रो प्राथमिकतामा गरिब र उत्पीडित पर्छन् कि पर्दैनन् ? भन्ने प्रतिप्रश्न गर्दै अबको कार्यसम्पादनको मूल्यांकनको आधारको रुपमा यसलाई लिईने स्पष्ट पार्दै यसलाई सामान्य निर्देशको रुपमा नलिन आग्रह गरे।

विपदको पूर्वतयारी, शान्ति सुरक्षाको स्थिति, मिटर ब्याज (अनुचित लेनदेन), सीमा सुरक्षा लगायतका विषयमासमेत निर्देशन दिएका छन्।

७७ जिल्लाको तर्फबाट सम्बन्धित प्रदेशका राजधानी भएका जिल्लाका प्रमुख अधिकारीले रिपोर्ट प्रस्तुत गरेका थिए भने सुरक्षा निकायका प्रमुखहरु, विपद प्राधिकरणका सिईओ र मन्त्रालयका सचिव दिनेश भट्टराईले समेत सम्बोधन गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *