नेपालगन्ज : अवैध रुपमा भारतबाट नेपालगन्ज स्थित जमुनाह नाका हुँदै ल्याइएको ५० किलो मासु प्रहरीले बरामद गरेको छ।
नेपालगन्ज उपमहानगरपालिकास्थित बाबुगाउँबाट बेवारिसे अवस्थामा रहेको ५० किलो मासु बरामद गरिएको प्रहरीले जनाएको छ ।
बरामद गरिएको मासु पशु क्वारेन्टिनमा लगिएको छ । उक्त मासु त्यही नष्ट गरिने छ । भारतमा बोइलर कुखुरा सस्तोमा पाइने भएपछि तस्करहरुले पारिको मासु नेपालमा ल्याएर विक्री गर्ने गरेका छन् ।
