प्रतिनिधिसभामा भोलिदेखि बजेटबारे मन्त्रीले जवाफ दिने


प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गतका शीर्षकमा उठेका प्रश्नमाथि आइतबारदेखि सम्बन्धित मन्त्रीले जवाफ दिने क्रम शुरु हुनेछ ।

सभाको यही असार १० गते आइतबार बिहान १०ः०० बजे अर्को बैठकमा विनियोजन विधेयकअन्तर्गत उपराष्ट्रपति कार्यालयसम्बन्धी बजेटबारे छलफल हुनेछ। त्यसै दिन गृह, वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीले मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ। यस्तै युवा तथा खेलकुद, शहरी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, भौतिक पूर्वाधार तथा यातायात र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका मन्त्रीले पनि जवाफ दिनेछन्।

विनियोजन विधेयक २०८० अन्तर्गत आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन, गृह मन्त्रालय, रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकमाथिको छलफल सकिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *