निपा भाईरसको संक्रमणबाट बच्न सबै नागरिकलाई सरकारको अपिल

काठमाडौं, भाद्र २९ गते । सरकारले निपा भाईरसको संक्रमणबाट बच्न सबै नागरिकलाई अपिल गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले निपा भाइरस प्राणघातक भएको उल्लेख गर्दै त्यसबाट बच्न सबै नागरिकलाई आग्रह गर्नु भएको हो । मंगलबार न्यूज एजेन्सी नेपालसँगको कुराकानीका क्रममा प्रवक्ता पौडेलले निपा भाइरस प्राणघातक भएको भन्दै कसैले पनि हेलचेक्राइँ […]

Continue Reading

ईश्वरीलाल श्रेष्ठ पुरस्कार डा. प्रेमराज पन्तलाई प्रदान

 प्राध्यापक ईश्वरीलाल श्रेष्ठ पुरस्कार २०७८ प्राध्यापक डाक्टर प्रेमराज पन्तलाई प्रदान गरिएको छ । प्राध्यापक ईश्वरीलाल श्रेष्ठ स्मृति प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्ने ईश्वरीलाल श्रेष्ठ पुरस्कार यस वर्षका लागि नेपालको वाणिज्य शिक्षाको उन्नयनमा योगदान पु¥याउनुहुने व्यवस्थापन संकायका पूर्व डिन तथा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डाक्टर पन्तलाई एक कार्यक्रमका बीच प्रदान गरिएको हो । नेपालमा २०११ साल भाद्र […]

Continue Reading

वैश्य समाजले विद्युत प्राधिकरणलाई बुझायो ज्ञापनपत्र

कसौधन वैश्य समाजले नेपालगन्जको अनियमित बिद्युत समस्या सल्ट्याउन माग गर्दै नेपाल विद्युत प्राधिकरणलाई ज्ञापनपत्र बुझाएको छ । समाजका अध्यक्ष नन्दलाल बैश्य र महासचिव सन्तनारायण वैश्यले संयुक्तरुपमा प्राधिकरण नेपालगन्ज शाखाका प्रमुख लखनलला मल्लिकलाई बुझाउनुभएको हो । अनियमित विद्युतका कारण नगरबासीले गर्मीमा सास्ती खेप्नु परेको भन्दै तत्काल समस्या समाधानको आग्रह गरिएको अध्यक्ष वैश्यले बताउनुभयो । मौसमी आद्रता […]

Continue Reading

नेपालगन्जका तरकारी ब्यवसायीहरूले मान्दैनन ट्राफिक नियम

नेपालगन्जको तरकारी मण्डीका ब्यवसायीहरूले ट्राफिक नियमलाई लत्याउँदै सडक नै अवरुद्ध हुनेगरि दादागिरी शैलीमा बाटोमै तरकारी पसल सञ्चालन गर्दै आएका हुन ।स्थायी तरकारी मण्डी हुँदाहुँदै पनि तरकारी ब्यवसायीहरूले ट्राफिक नियमको अटेरीगरि बाटोमा नै नियम बिपरित पसल सन्चालन गर्दा दिनँहु सवारी साधन जामले गर्दा आवत जावत गर्ने सर्वसाधारणलाई कठिनाई हुने गरेको छ । ऐतिहासिक नगरी नेपालगन्जको मुटु […]

Continue Reading

भन्सार छलिको समान कारकाँदोबाट बरामद

नेपालगन्जको कारकाँदोबाट प्रहरीले भन्सार छलिको सामान बरामद गरेको छ । नेपालगन्ज उपमहानगरपालिका–१८ कारकाँदोबाट सुर्ती, विभिन्न लत्ताकपडालगायतको करिव एक लाख मूल्य बराबरको भन्सार छलिको सामान बरामद गरिएको बाँके प्रहरीले जनाएको छ । बेवारिसे अवस्थामा भेटिएको ९३ हजार ९ सय ९५ रुपैयाँ बराबरको उक्त सामान आजै नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको पनि प्रहरीले जनाएको छ ।

Continue Reading

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य अन्तिम चरणमा

रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा रहेको छ । विमानस्थलको भौतिक प्रगति ९८ प्रतिशत भइसकेको छ भने वित्तिय प्रगति पनि ७७ प्रतिशत काम सम्पन्न भइसकेको हो । अब विमानस्थलमा साना केही प्राविधिक कामहरु मात्रै बाँकी रहेकोले आइसीपी जिरो २ ठेक्का सम्झौताअनुसार थाइल्याण्डको एरोथाइ कम्पनीले प्राविधिक पठाए १० दिनमै विमानस्थलको सबै काम सम्पन्न […]

Continue Reading

रचना रिमाल र नविन रावलको ‘चट्ट माया ‘सार्वजनिक

काठमाडौं, भाद्र २९ गते ।  गायिका रचना रिमाल र गायक नविन रावलको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘चट्ट माया’ बोलको गीतमा मिलन विष्टको शब्द रहेको छ । गीतको संगीत गायक रावलले नै तयार गरेका हुन् । डान्सिङ शैलीमा तयार भएको गीतको भिडियोमा उषा उप्रेती र दीपेशजंग रायमाझीको नृत्य देख्न सकिन्छ । भिडियोमा […]

Continue Reading

१६ वर्षीया सुस्मिता ऋषिदेवलाई बूढीगङ्गा गाउँपालिकाको अध्यक्ष बनाइँदै

१६ वर्षीया सुस्मिता ऋषिदेवलाई आज (मङ्गलबार) एक दिनका लागि मोरङको बूढीगङ्गा गाउँपालिकाको अध्यक्ष बनाइने भएको छ ।  उनलाई ५७ औँ राष्ट्रिय बाल दिवसका अवसरमा एक दिनका लागि गाउँपालिका अध्यक्ष बनाउने लागिएको हो । उनले मङ्गलबार गाउँपालिका प्रमुखले गर्ने सम्पूर्ण काम गर्नेछिन् ।  स्थानीय सरकार के हो र यसले कसरी काम गर्छ भन्ने अनुभूति बालबालिकाहरुलाई दिलाउने […]

Continue Reading

बाँकेमा लागु औषधसहित दुईजना पक्राउ

बाँके प्रहरीले दुई ग्राम लागु औषधसहित दुई जनालाई पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगरपालिका–७ का २८ वर्षीय रोमन भनिने सलमान राई र त्रिबेणी गाउँपालिका–१ रुकुमका २८ बर्षकै सम्राट खत्रीलाई नेपालगन्जबाट पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ । उनीहरुको शंकास्पद गतिविधि पाइएपछि चेकजाँच गर्दा प्रतिबन्धित लागु औषध बरामद भएको प्रहरीले जनाएको छ । सानातिना प्रयोगकर्ताहरुलाई पक्राउ […]

Continue Reading

चोरिएको ६२ वर्षपछि पाटनको उमामहेश्वर मूर्ति अमेरिकाबाट घर फर्कँदै

अमेरिकाको डेनभर म्युजियमले वासिंगटन डीसीस्थित दूतावासलाई हस्तान्तरण’खर्च तिरेर मूर्ति ल्याउन वा पुरानै ठाउँमा प्रतिस्थापन गर्न हामी तयार छौं’— ललितपुर मेयर काठमाडौँ — पाटनको कुम्भेश्वर मन्दिर गा:हिटीमा रहेको र सन् १९६० को मध्यतिर हराएको उमामहेश्वरको मूर्ति अमेरिकाको कोलारोडो राज्यअन्तर्गत डेनभर म्युजियममा भेटिएपछि लामो अनुसन्धान प्रक्रिया टुंग्याएर वासिंटनस्थित नेपाली दूतावासलाई बुझाइएको छ । दशौं शताब्दीमा निर्माण भएको मानिने […]

Continue Reading