भन्सार छलिको समान कारकाँदोबाट बरामद


नेपालगन्जको कारकाँदोबाट प्रहरीले भन्सार छलिको सामान बरामद गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिका–१८ कारकाँदोबाट सुर्ती, विभिन्न लत्ताकपडालगायतको करिव एक लाख मूल्य बराबरको भन्सार छलिको सामान बरामद गरिएको बाँके प्रहरीले जनाएको छ ।

बेवारिसे अवस्थामा भेटिएको ९३ हजार ९ सय ९५ रुपैयाँ बराबरको उक्त सामान आजै नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको पनि प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *