खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन ।

भदौ ४ दाङमा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन ।  दाङको शान्तिनगर गाउँपालिका-४ का ५३ वर्षीय बमबहादुर विकलाई हिजाे बेलुका एकली खोलाले बगाएको स्थानीय तेजबहादुर विश्वकर्माले जानकारी दिनुभयो । उहाँलाई खेतमा काम सकेर घर फर्कने क्रममा खोलाले बगाएको प्रहरीले जनाएकाे छ। बेपत्ता बमबहादुर बिकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Continue Reading

जिल्ला ट्राफिक प्रहरी कार्यलय बाकेले साढे दुई करोडबढी राजश्व संकलन गरेको छ ।

भदौ ३ बाके जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले आर्थिक वर्ष ०७७–७८ मा साढे दुई करोडबढी राजश्व संकलन गरेको छ । ४७ हजार ८ सय ४७ वटा सवारीसाधन कारवाहीबाट २ करोड ७० लाख ६६ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख राजु भण्डारीले बताउनुभयो । यो आर्थिक वर्ष ०७६–७७ को भन्दा झन्डै […]

Continue Reading

कोहलपुरमा मोटरसाइकल चोरि गर्दै गर्दा ३ जना पक्राउ ।

भदौ ३ बाँकेको कोहलपुरबाट मोटरसाइकल चोरीमा संलग्न तीन जनालाई रंगेहात प्रहरीले पक्राउ गरेको छ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–११ का १८ वर्षीय अनुप चन्द, २० वर्षीय सुन्दर मल्ल र १८ वर्षीय अम्मर बिकलाई आज विहान पौने तीन बजेतिर बसपार्कको पुर्ब तर्फको सडकमा पक्राउ गरिएको बाँकेका डिएसपी मधुसुदन न्यौपानले जानकारी दिनुभयो । चोरीको भे.३.प ६००४ नम्वरको […]

Continue Reading

भन्सार छलीको सामान आज सशस्त्र प्रहरीको टोलीले बरामद गरेको छ ।

भदौ ३ बाके नेपालगन्ज उपमहानगरपालिका–१६ जयसपुर नजिकैबाट आज सशस्त्र प्रहरीको टोलीले भन्सार छलीको सामान बरामद गरेको छ । विओपी जमुनाहबाट सशस्त्र प्रहरी नायव निरीक्षक योगेन्द्रबहादुर शाहीको कमाण्डमा खटिएको टोलीले भारतबाट अवैधरुपमा भन्सार छलि भित्र्याइएको ८४ हजार २ सय ६० रुपैयाँ बराबरको किराना सामान सहित सुपर फावर सुर्ती बरामद गरेको हो । बरामद गरिएको सामान थप […]

Continue Reading

केपी शर्मा ओलिलाई भेट्न बालकोट पुगे रामचन्द्र पौडेल र शेखर कोइराला ।

भदौ ३ बाके नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता शेखर कोइरालाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् ।  पौडेल र कोइरालाले बुधबार साँझ ओली निवास बालकोट पुगेर भेट गरेका हुन् ।  ओलीलाई भेट्न दुवै नेता बुधबार ५ बजे बालकोट पुगेका थिए । देउवा नेतृत्वको सरकारले ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशमा […]

Continue Reading

मुस्लिम धर्मावलम्बिहरुको महान पर्व मोहर्रमको नवौं दिन आज राती ताजिया राखिँदै छ ।

भदौ ३ बाके मुस्लिम धर्मावलम्बिहरुको महान पर्व मोहर्रमको नवौं दिन आज राती ताजिया राखिँदै छ । नेपालगन्जसहित मुस्लिम बाहुल क्षेत्र तथा ग्रामीण ठाउँमा ताजिया राख्ने तयारीमा मुस्लिम समुदाय जुटेका हुन् इस्लामी नयाँ वर्ष १४४३ हिजरीको सुरुवातसँगै तामझामका साथ मनाइने मोहर्रम पर्वलाई दस दिनसम्म विभिन्न कार्यक्रमहरू गरे मनाइँदै आइएको भएपनि कोभिड–१९ महामारीका कारण यस वर्ष भने […]

Continue Reading

‘द कपिल शर्मा’ पुन: सुचारु हुँदै

भारतीय चर्चित कमेडी शो ‘द कपिल शर्मा’ शो पुनस् सुचारु हुने भएको छ । कपिल शर्माले इन्स्टाग्राममा शोको नयाँ प्रोमो भिडियो सेयर गर्दै सोही कुराको जानकारी दिएका हुन । नयाँ प्रामो सार्वजनिक भएसँगै रिलिज मिति पनि तोकिएको छ । प्रोमो भिडियो सेयर गर्दै कपिल शर्माले यहीँ अगस्ट २१ गतेदेखि शो प्रशारण हुने जानकारी दिएका छन् […]

Continue Reading

आज देशभर बर्षाको सम्भावना रहेको छ ।

भदौ ३ बाके जल तथा मौसम विज्ञान विभागका अनुसार हाल गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ । अन्य प्रदेशहरूमा आंशिकदेखि र सामान्य बदली रहेको छ । वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले नदीनाला र खहरे […]

Continue Reading

नेपालगन्जमा बस आगलागी भएको छ।

भदौ ३ बाके नेपालगन्ज उपमहानगरपालिका–४ बसपार्कको विद्युत रोडको घर्ती बसबडी मर्मत सेन्टरमा मर्मतका लागि राखिएको नेपालगन्ज–मुगु चल्ने भे १ ख २९०४ नम्वरको बसमा गएराती आगलागी भएको वडा प्रहरी कार्यालयका इन्चार्ज डिल्ली बहादुर खड्काले जानकारी दिनुभयो । नेपालगन्ज–९ का डबल रोकायको नाममा रहेको बस मुगु छाँयानाथ रारा नगरपालिलका–६ का गोविन्द भामले किन्नुभएको थियो । गएराती साढे […]

Continue Reading

भन्सार छलिको सामान र अवैध काठ बरामत ।

बाके भदौ ३भन्सार छलिको सामान र अवैध काठ जिल्ला प्रहरीले बरामत गरेको छ । भारतबाट भन्सार छली पैठारीको ठूलो मात्रामा विभिन्न किसिमको कपडा आउदै गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नेपालगन्ज उपमहानगरपालिका १० बाट बरामद गरेको हो । प्रहरीलाई देखेपछि अवैधरुपमा सामान भित्र्याउने व्यक्ति फरार भएका थिए । प्रहरीले कपडा, सुर्ती, […]

Continue Reading