राष्ट्रपति निर्वाचन : १ बजेसम्म ६९४ सांसदले गरे मतदान

राष्ट्रपति निर्वाचनका लागि जारी मतदानअन्तर्गत दिउँसो १ बजेसम्म छ सय ९४ मतदान भएको छ। निर्वाचनमा सङ्घीय संसद्का सदस्यतर्फ दुई सय ८५ र प्रदेशसभातर्फका चार सय नौ सदस्यले मतदान गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ। नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज बिहान १० बजेदेखि मतदान सुरु भएको हो। राष्ट्रपति निर्वाचनमा एमालेबाट सुवासचन्द्र नेम्वाङ र आठदलीय […]

Continue Reading

चैतदेखि बैंकको ब्याजदर घट्ने

आगामी चैत १ गतेदेखि बैंकको ब्याजदर घट्ने भएको छ । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूको संगठन नेपाल बैंकर्स संघ (एनबीए) को बिहीबार बसेको बैठकले आगामी चैत १ गतेदेखि कर्जाको ब्याजदर १ प्रतिशतले घटाउने निर्णय गरेको हो । सँगै यता निक्षेपको ब्याजदर समेत ०.४२ प्रतिशतले घटाउने गरी सहमति जुटेको एनबीएका एक सदस्यले जानकारी दिए […]

Continue Reading

एमाले-कांग्रेस एकैठाउँ नहुने कसम खाएका छैनौँ : ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनपछि नेपाली कांग्रेस र नेकपा एमालेको सरकार बन्दैन भन्न नसकिने बताएका छन्। बिहीबार राष्ट्रपतिको निर्वाचनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। अध्यक्ष ओलीले राजनीतिमा जे पनि सम्भव छ, केही पनि सम्भव छैन भन्ने भनाइले सार्थकता पाउनसक्ने बताए। उनले आगामी राष्ट्रपतिबाट देशको हितको रक्षा, सार्वभौम सत्ताको […]

Continue Reading

राष्ट्रपतिमा रामचन्द्रलाई भोट दिने रास्वपाको निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मत दिने निर्णय गरेको छ। आज बसेको रास्वपाको संसदीय दलको बैठकले सत्ता गठबन्धनबाट राष्ट्रपतिको उम्मेदवार रहेका पौडेललाई मत दिने निर्णय गरेको हो। नयाँ राष्ट्रपति चयनका लागि मतदान जारी छ। संघीय संसद भवन बानेश्वर पुगेर राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले पहिलो मतदान गरिसकेका छन्। मतदानका लागि संघ र प्रदेशका सांसदहरू छुट्टाछुट्टै […]

Continue Reading

प्रचण्डलाई मुद्दा हाल्नु देशलाई द्वन्द्वमा धकेल्ने षड्‌यन्त्र हो : डा. भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले द्वन्द्वकालीन मुद्दाको विषयलाई लिएर प्रधानमन्त्री प्रचण्डमाथि मुद्दा हाल्नु मुलुकलाई फेरि द्वन्द्वमा धकेल्ने गम्भीर षड्‌यन्त्र भएको बताएका छन्। भट्टराईले भने, ‘द्वन्द्वकालीन मुद्दाहरूको निरुपण र द्वन्द्व पीडितलाई परिपूरण दिन सत्य निरुपण तथा बेपत्ता आयोगको व्यवस्था गरिएको थियो। विभिन्न बहानामा त्यसलाई पूरा हुन नदिई बहालवाला प्रधानमन्त्री तथा शान्ति प्रक्रियाका […]

Continue Reading

यूएईमाथि नेपालको महत्वपूर्ण जित,साेझै विश्व कप छनाेट खेल्ने सम्भावना कायमै

आईसीसी क्रिकेट वर्ल्डकप लिग टूमा नेपालले यूएईमाथि ४२ रनको महत्वपूर्ण जित हात पारेको छ । नेपालले दिएकाे २ सय ३० रनकाे लक्ष्य पछ्याएकाे यूएई ४५ ओभरमा १ सय ८७ रनमा अलआउट हुँदै रनमात्र बनाउन सक्याे । यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेकाे नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर रन बनायाे । […]

Continue Reading

राष्ट्रपति निर्वाचन : आज मध्यरातदेखि मौन अवधि

राष्ट्रपति निर्वाचनअन्तर्गत सोमबार राति १२ बजे मौन अवधि सुरु हुँदैछ। निर्वाचन आयोगले विज्ञप्ति जारी गरी सोमबार मध्यरातदेखि मतदान सम्पन्न नभएसम्म प्रचारप्रसार गर्न नपाइने जनाएको हो। ‘मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागू हुने निर्वाचन आचारसंहिता, २०७९ मा व्यवस्था गरिएको छ’, आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालद्वारा प्रेषित […]

Continue Reading

तीन महिनामा जम्मा दुई विधेयक दर्ता, बिजनेसविहीन बन्दै प्रतिनिधि सभा

निर्वाचनपछि बनेको हालको प्रतिनिधि सभाको १४ वटा बैठक बस्यो तर संसद्को मुख्य काम कानुन बनाउने कुरा भने ओझेलमा परेको छ । प्रतिनिधि सभामा हालसम्म सरकारले दुईवटा विधेयक दर्ता गरेको छ भने तीन विधेयक राष्ट्रिय सभाबाट सन्देशसहित आएको छ । तर यी विधेयकमाथि दफाबार छलफल गर्नका लागि संसदीय समितिहरू कहिले गठन हुन्छन् र तिनले कहिलेदेखि काम […]

Continue Reading

सगरमाथा क्षेत्रमा पर्यटकको चहलपहल बढ्याे

पर्यटकीय सिजन सुरु भएसँगै सगरमाथा क्षेत्रमा पर्यटकको चहलपहल बढ्न थालेको छ । विश्वको सर्वोच्च शिखर सगरमाथालगायत अन्य हिमालकाे मनोरम दृश्यको अवलोकन गर्न आउने पर्यटकको आगमन बढ्न थालेको हो । फागुनदेखि सुरु भएर जेठको मध्यसम्म चल्ने यो सिजनका लागि चहलपहल सुरु भएको नाम्चेका पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताउनुभयो । जाडो महिनामा लगभग शून्य बनेको खुम्बु क्षेत्रमा […]

Continue Reading

ईच्छा विपरित होली नखेल्न सुर्खेत प्रशासनको अनुरोध

जिल्ला प्रशासन कार्यालय सुर्खेतले ईच्छा विपरित कसैसँग होली नखेल्न अनुरोध गरेको छ। आइतबार जिल्ला प्रशासन कार्यालयले एक सुचना जारी गर्दै यस्तो अनुरोध गरेको हो। प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले जारी गरेको सूचनामा होली पर्वलाई संयमतापूर्वक मनाउन अनुरोध गरेको छ। सुचनामा भनिएको छ ‘होली मनाउने नाममा व्यक्ति इच्छा विपरीत जथाभावी रंग दल्ने, लोला हान्ने, बाटो ढुकेर […]

Continue Reading