ईच्छा विपरित होली नखेल्न सुर्खेत प्रशासनको अनुरोध


जिल्ला प्रशासन कार्यालय सुर्खेतले ईच्छा विपरित कसैसँग होली नखेल्न अनुरोध गरेको छ। आइतबार जिल्ला प्रशासन कार्यालयले एक सुचना जारी गर्दै यस्तो अनुरोध गरेको हो।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले जारी गरेको सूचनामा होली पर्वलाई संयमतापूर्वक मनाउन अनुरोध गरेको छ।

सुचनामा भनिएको छ ‘होली मनाउने नाममा व्यक्ति इच्छा विपरीत जथाभावी रंग दल्ने, लोला हान्ने, बाटो ढुकेर बटुवालाई रंग लगाउने, सार्वजनिक स्थानमा होहल्ला गरी सार्वजनिक शान्ति र व्यवस्थामा खलल पु¥याउने जस्ता अराजक, उच्छृंखल एवम् अवाञ्छित कार्य नगर्न नगराउन सबै जनसमुदायमा अनुरोध छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *