फागुन २८ गते देखि चैत्र १ सम्म खजुरामा तेस्रो मेयर रनिङ शिल्ड हुने

नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिकाले तेस्रो मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ । गाउँपालिकाले फागुन २८ गते देखि १ चैत्रसम्म अन्तर विद्यालय तेस्रो मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको हो । खजुरा गाउँपालिका अध्यक्ष किश्मत कुमार कक्षपतिले बुधबार खजुरामा पत्रकार सम्मेलन गर्दै तेस्रो सस्करणको मेयर रनिङ शिल्ड प्रतियोगिता जनकल्याण मावि […]

Continue Reading

महाशिवरात्रिमा पशुपति दर्शन गर्न तीन स्थानबाट लाम बस्न सकिने

यस वर्षको महाशिवरात्रिमा पशुपतिमा तीनवटा बाहिरी मार्ग हुँदै पशुपतिनाथ मूल मन्दिर परिसरमा प्रवेश गर्न सकिने भएको छ ।  पशुपति क्षेत्र विकास कोषले आज आयोजना गरेको पत्रकार सम्मेलनमा मित्रपार्क–गौरीघाट, उमाकुण्ड–दक्षिणामूर्ति, हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट एक लाइन, बत्तिसपुतली–गौशाला, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल–तिलगङ्गा, पिङ्गलास्थान–सुमार्गीभवन अगाडिबाट चार शिवालय–पञ्चदेवल हुँदै दक्षिणढोका हुँदै दक्षिणढोकाबाट दुई लाइन गरी बाहिरी रुपमा पशुपति मूल मन्दिर परिसर […]

Continue Reading

धुम्बाराहीको केन्द्रीय मुख्यालयमा राखियो नेकपा एमालेको साइनबोर्ड

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई एकता पहिलेकै अवस्थामा ब्यूँताएपछि धुम्बाराहीको केन्द्रीय मुख्यालयमा नेकपा एमालेको साइनबोर्ड राखिएको छ । केन्द्रीय कार्यालयमा मंगलबार बिहान नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बोर्ड हटाएर एमालेको बोर्ड राखिएको हो । सर्वोच्च अदालतको आइतबारको फैसलाले एमाले र माओवादी केन्द्रबीच एकता भई बनेको पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई […]

Continue Reading

रघुजी पन्तलाई ३ वर्ष कैदको माग गर्दै कोमल वलीले गरिन् मुद्दा दर्ता

नेकपा एमालेका नेता रघुजी पन्तविरुद्ध राष्ट्रियसभा सदस्य कोमल वलीले गाली बेइज्जती सम्बन्धी कसुरमा मुद्दा दायर गरेकी छन् । पन्तले दिएको अभिव्यक्तिविरुद्ध मुद्दा दायर गर्न कोमल वली जिल्ला अदालत, काठमाडौं पुगेकी थिईन । पन्तले १५ फागुनमा आयोजित एक कार्यक्रममा ‘लैंगिक हिंसा’ हुने अभिव्यक्ति दिएको भन्दै आलोचना भएको थियो । त्यसपछि पन्तले वलीसँग माफीसमेत मागेका थिए । […]

Continue Reading

बाँकेमा आगलागी हुँदा २५ घर जलेर नष्ट

नेपालगन्ज : बाँकेको नरैनापुर गाउँपालिकाको सुइयामा आगलागी हुँदा २५ घर जलेर नष्ट भएको छ । बाँके जिल्लाको नरैनापुर गाउँपालिका वडा न १ सुइया गाउँमा भएको भिसष आगलागीले हुँदा २५ घर जलेर नस्ट भएको हो । आगलागीमा परी करोडौंको जिन्सी तथा नगद क्षति भएको छ । नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले घटनाप्रति दुःख व्यक्त गरेका […]

Continue Reading

नेपालगन्ज सिमानाकामा नेपालीलाई दु:ख दिदै भारतीय एसएसबी

बाँके : नेपाल-भारत जमुनाह नाका पश्चिम नेपालकै प्रमुख नाकामध्येको एक हो । यहाँ दैनिक हजारौं मानिसहरु ओहोरदोहोर गर्ने गर्छन् । जमुनाह नाकाको पारि भारतीय सुरक्षा बल एसएसवी बस्छ भने वारी नेपाल प्रहरी र सशस्त्र प्रहरी । यी दुवै सुरक्षाकर्मीले चेकजाँच गर्दै मानिसहरुलाई वारपार गर्न दिने गरेका छन् । तर पछिल्लो समय भारतिय सुरक्षाकर्मी एसएसवीले भने […]

Continue Reading

बाँकेमा नेकपा हटाई एमाले लेखिएको बोर्ड राखियो

गोपाल ओली ,नेपालगन्ज : आइतबार सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राख्ने निर्वाचन आयोगको निर्णय खारेज गरे संगै राजनैतिक वृतमा नयाँ नयाँ समिकरण र समिक्षा चलिरहेको बेला अन्य जिल्ला जस्तै बाकेमा पनि एमाले लेखिएको बोर्ड लगाइएको छ । सोमबार बाँकेमा एमालेका नेता कार्यकर्ताले बाँकेको पार्टी […]

Continue Reading

महिला अबस्थाको विगत,बर्तमान र सुधारका पक्षहरु

गौरी ओली महिला पक्षिय दृष्टिकोणले हेर्दा आदिम साम्यबादी युगमा मातृ प्रधान समाज थियो। त्यतिबेला परिवार  र समाजको नेतृत्व महिलाहरुले गरेका हुन्थे । उक्त कुरोलाइ थप पुष्टी गर्ने परापुर्व कालदेखी चल्दैआएका केही पौराणिक कथाहरु छन् । जस्तो देबी भगबती द्वारा शुम्भ निशुम्भ बध आदि । उक्त कुरोलाई हाल सम्म पनि हाम्रो समाजले उत्सबका रुपमा मान्दै आएको […]

Continue Reading

महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय

कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ । कोष कार्य सम्पादन समितिको बैठकले सदस्य–सचिव डा प्रदीप ढकालको संयोजकत्वमा सुरक्षा व्यवस्थापन तथा अनुगमन समिति गठन गरेको छ ।  यसैगरी कोषाध्यक्ष डा मिलनकुमार थापाको संयोजकतवमा प्रचारप्रसार व्यवस्थापन समिति गठन गरिएको छ भने परिषद् सदस्य […]

Continue Reading

ओली सरकारको अर्को महत्वपुर्ण कार्य, सुन्दरीजल आइपुग्यो मेलम्चीको पानी

काठमाडौं । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी सुन्दरीजल आइपुगेको छ । शनिबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लसिङ टनेलको हाइड्रो मेकानिकल गेटको बटन थिचेपछि फागुन १० गते सुरुङमा हालिएको पानी सुन्दरीजलमा खसेको छ । यो पानी अहिले बागमती नदीमा खसालिएको छ । सुरुको पानी फोहोरसहित पानी आउने भएकाले प्रशोधन केन्द्रमा नहाली बागमती नदीमा खसालिएको हो […]

Continue Reading