एमाले-कांग्रेससँगै लिएर जाने दाउमा मुख्यमन्त्री शर्मा, छलफलबाट भाग्दै कांग्रेस

नेकपा माओवादी केन्द्रको नेतृत्वमा रहेको कर्णाली प्रदेश सरकार निल्नु न औकल्नु झैँ भएको छ। अहिलेको गठबन्धनसँग आवद्ध कांग्रेससँगै अघिल्लो गठबन्धनको दल नेकपा एमालेले विश्वासको मत दिएपछि सरकारको नेतृत्व गरेको माओवादी निल्नु न औँकल्नु झैँ भएको हो। संघीय सरकारसँगै ६ वटा प्रदेशबाट बाहिरिएको एमालेले कर्णालीमा माओवादी नेतृत्वको सरकारलाई विश्वासको मत दिएपछि माओवादी झस्किएको छ माओवादी केन्द्रले […]

Continue Reading

गठबन्धनका उम्मेदवार जिताउन पाँच दलको संयुक्त अपिल

सत्ता गठबन्धनमा आबद्ध पाँच प्रमुख घटकले आगामी उपनिर्वाचनमा गठबन्धनका साझा उम्मेदवार जिताउन संयुक्त अपिल जारी गरेका छन्। प्रधानमन्त्रीसहित रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै यस्तो अपिल गरेका हुन्। वैशाख […]

Continue Reading

लगातार दोस्रो दिन पनि शेयर बजार राताम्मे

लगातार दोस्रो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज साेमवार १६ दशमलव ६७ अङ्कले घटेर एक हजार आठ सय ७१ दशमलव ८८ विन्दुमा झरेको छ । सबै समूहको शेयर घटेकोमा विकास बैंक, माइक्रोफाइनान्स र बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । बजारसँगै कारोबार रकम पनि घटेको छ […]

Continue Reading

प्रचण्ड सरकारकाे सय दिन : ३७ बुँदे उपलब्धि सार्वजनिक

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार गठन भएको आज सय दिन पुगेको छ । सरकारको सय दिनलाई ‘हनिमुन अवधि’ भनिन्छ र यस अवधिमा गरेका कामले सरकारको आउँदाे यात्राको सङ्केत गर्छ । तर प्रचण्ड नेतृत्वको वर्तमान सरकारको सय दिन भने नयाँ गठबन्धन बनाउने, भत्काउने र पुरानै गठबन्धनमा फर्किने राजनीतिक दाउपेचमै बितेको छ । यद्यपि सरकारले भने […]

Continue Reading

कोहलपुर–सुर्खेत १३२ केभीए विद्युत विस्तार तीव्र गतिमा

कोहलपुर–सुर्खेत १३२ केभिए विद्युत प्रसारण लाइन विस्तारले गति लिएको छ। २०७७ असारदेखि सुरु भएको आयोजनाले ४५ वटा हाइटेन्सन लाइनको टावर निर्माण गरिसकेको छ। हालसम्म आयोजनाले ५० प्रतिशत काम सम्पन्न गरेको जनाएको छ। बाँकी क्षेत्रमा टावरका लागि फाउन्डेसन निर्माण र रुख कटानको काम धमाधम भईरहेको आयोजनाले जनाएकोे छ। आयोजना सुरु भएको लामो समयसम्म पनि बर्दिया राष्ट्रिय […]

Continue Reading

फेरि चुनाव जितेर भावी पुस्ताको भविष्य जोगाउँछु : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भावी पुस्ताको भविष्य सुरक्षित गर्नका लागि आफूले उम्मेदवारी दिएको बताएका छन्। चितवन २ मा उपनिर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराएसँगै उनले यस्तो बताएका हुन्। सोमबार सभापति लामिछाने समर्थकसहित चितवनको निर्वाचन क्षेत्र नम्बर २ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराएका हुन्। […]

Continue Reading

पातारासी–५ बालविवाह मुक्त घोषणा

जुम्लाको पातारासी गाउँपालिका बालविवाह मुक्त वडा घोषणा गर्ने पहिलो बनेको छ। आइतबार कार्यक्रम आयोजना गरी ५ नं. वडालाई बालविवाह मुक्त वडा घोषणा गरिएको छ। यसअघि अशिक्षाका कारण बालविवाह भए पनि अहिले प्रविधिको दुरुपयोगले विवाह हुने गरेको छ। बालविवाहले महिलाको स्वाथ्य शिक्षा रोजगारी जस्ता क्षेत्रमा असर पारेको छ। परामर्श, छलफल तथा दण्डित गरेर भए पनि वडामा […]

Continue Reading

स्थानीय स्तरमा मेडिकल कलेज चलाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय स्तरमा मेडिकल कलेजमा पढ्न पाउने व्यवस्था गर्नेमा सरकार प्रतिबद्ध रहेको बताएका छन्। आइतबार ११ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्। प्रधानमन्त्री प्रचण्डले ऐन कानुनमा देखिएका समस्या समाधान गर्दै स्थानीय स्तरमा मेडिकल कलेज सञ्चालन सरकार प्रतिबद्ध रहेको बताएका हुन्। लोकतान्त्रिक मूल्य मान्यता र लोककल्याणकारी संस्कारका साथै स्थानीय, […]

Continue Reading

दाङबाट काठमाण्डौ आउने यात्रुलाई नेपालगञ्ज पुर्‍याउने सीता एअरमाथि छानबिन सुरु

सीता एअरलाइन्सको विमानले दाङबाट काठमाण्डौ आउने यात्रुलाई नेपालगञ्ज पुर्‍याइदिएपछि नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) ले छानबिन सुरु गरेको छ । सीता एअरले गएको १५ गते दाङबाट काठमाण्डौ आउने यात्रुलाई नेपालगञ्ज पुर्‍याएको थियो । काठमाण्डौका लागि टिकट काटेका १४ जना यात्रुलाई नेपालगञ्ज पुर्‍याएर आफू अरू क्षेत्रको उडानमा लागेको देखिएपछि छानबिन सुरु गरेको क्यानका प्रवक्ता जगनाथ निरौलाले […]

Continue Reading

प्रतिनिधिसभा नियमावली २०७९ पारित

प्रतिनिधिसभा नियमावली २०७९ पारित भएको छ। प्रतिनिधिसभाको आइतबार बसेको बैठकले प्रतिनिधिसभा नियमावली २०७९ पारित गरेको हो। विवादित बनेको सभामुखको अधिकार खोस्ने संशोधन फिर्ता भएको छ। यसअघि सत्ता पक्षका केही सांसदले नियमावलीमा सभामुखले गर्ने भनिएका काम कार्य व्यवस्था परामर्श समितिको निर्णयअनुसार मात्र गर्नेछन् भन्ने प्रस्ताव राखेका थिए। सो संशोधन प्रश्तावको आलोचना भएपछि अन्ततः संशोधन फिर्ता भएको […]

Continue Reading