प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय स्तरमा मेडिकल कलेजमा पढ्न पाउने व्यवस्था गर्नेमा सरकार प्रतिबद्ध रहेको बताएका छन्। आइतबार ११ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।
प्रधानमन्त्री प्रचण्डले ऐन कानुनमा देखिएका समस्या समाधान गर्दै स्थानीय स्तरमा मेडिकल कलेज सञ्चालन सरकार प्रतिबद्ध रहेको बताएका हुन्। लोकतान्त्रिक मूल्य मान्यता र लोककल्याणकारी संस्कारका साथै स्थानीय, प्रदेश र संघीय सरकारलाई समन्वय गर्न पनि विश्वविद्यालयको आवश्यकता रहेको उनको भनाई थियो।
प्रधानमन्त्री प्रचण्डले नेपालका विश्वविद्यालयहरूले सैद्धान्तिक ज्ञानमात्र नभइ जीवनउपयोगी र व्यावहारिक शिक्षा आवश्यकता रहेको तर्क गरे। नेपालमा भएका विश्वविद्यालयले उत्पादन गरेका दक्ष जनशक्तिले मात्रै विश्व बजारमा प्रतिष्पर्धा गर्ने भएकाले विश्वविद्यालयको ध्यान आकृष्ट गराए।
शिक्षा क्षेत्रको सुधारका निम्ति वर्तमान सरकारले शिक्षामन्त्री अशोककुमार राईको नेतृत्वमा ठोस योजना बनाएर काम गर्ने प्रचण्ड बताए।
दीक्षान्त समारोहमा कला संकायमा स्नातक ९२, स्नातकोत्तरमा ४३ जनालाई दीक्षित भएका छन्। कानुन संकाय स्नातकमा १९९‚ स्नातकोत्तरमा १०७, शिक्षाशास्त्र संकाय स्नातक तहमा ३५४ र स्नातकोत्तरमा १४८, व्यवस्थापन स्नातक तहमा १ हजार २४२, स्नातकोत्तरमा ६१४ र एमफिलतर्फ ६ जना दीक्षित भएका छन्।
चिकित्साशास्त्र र विज्ञान तथा प्रविधि शंकायमा स्नातकतर्फ एक हजार २६१ स्नातकोत्तरतर्फ १२३ र एमफिल गर्ने ६ जना गरी जम्मा ६ हजार हजार ५१३ जना दीक्षित भएको बताइएको छ।
