Category: Uncategorized
‘सबै धाराअनुसार उही व्यक्ति प्रधानमन्त्री ?’
काठमाडौँ — सभामुखका कानुन व्यवसायीहरूले प्रतिनिधिसभालाई छलेर प्रधानमन्त्री केपी शर्मा ओलीले विघटनको सिफारिस गरेको र त्यसलाई राष्ट्रपतिले सदर गरेको भन्दै निर्णय बदर हुनुपर्ने माग राखेका छन् । सभामुखका तर्फबाट आइतबार बहस गर्दै कानुन व्यवसायीले विश्वासको मत लिने प्रक्रिया छलेर प्रधानमन्त्रीले गरेको सिफारिस गैरसंवैधानिक भएको बताए । ‘हस्ताक्षर वा कसैको समर्थनमा शंका लागेमा परीक्षणका लागि संसद् सचिवालयमा पठाउनुपर्ने […]
Continue Readingअफगानिस्तानका एक तिहाइ जिल्ला तालिबानको नियन्त्रणमा, भागेर ताजिकिस्तान पुगे सुरक्षाकर्मी
अफगानिस्तानमा तालिवानी विद्रोहीहरूले मुलुकका झन्डै ४ सयमध्ये एक तिहाइ जिल्ला आफ्नो नियन्त्रणमा लिएका छन्। समाचार संस्था एसोसियट प्रेसका अनुसार उत्तरी अफगानिस्तानमा तालिवान लडाकुहरूले धेरै क्षेत्र नियन्त्रणमा लिएपछि सरकारी सुरक्षाकर्मीहरू भागेर छिमेकी ताजिकिस्तान पुगेका छन्। उत्तरी प्रान्त बादखसानबाट झन्डै तीन सय अफगानी सुरक्षाकर्मी भागेर आफ्नो सीमाभित्र आइपुगेको ताजिकिस्तानले जनाएको छ। शनिबार साँझ साढे ६ बजेतिर अफगानी सुरक्षाकर्मीले […]
Continue Readingवैदेशिक रोजगारीमा खोप मुख्य सर्त
नेपालगन्ज : प्रमुख श्रम गन्तव्य मुलुकहरूले कामदार लिन कोरोनाविरुद्धको खोपलाई मुख्य सर्त बनाएका छन् । कोरोना महामारी बढेपछि नेपालीको आकर्षक गन्तव्य मानिएका दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स, मलेसिया र कुवेतले नेपालबाट कामदार लिन बन्द गरेका छन् । कुवेतले आउँदो साउन १७ गतेदेखि खोप लगाएका कामदार मात्र लिँदै छ । साउदी अरब, कतार, बहराइन र ओमानले भने क्वारेन्टाइनमा बस्ने […]
Continue Readingनेपाल राष्ट्रिय नमुना मावि ढोढरी बर्दियाकै उत्कृष्ट विद्यालय छनौट
बर्दिया : सामाजिक विकास डिभिजन कार्यालय वाकेले वाके र बर्दियामा उत्कृष्ट विद्यालय तथा उत्कृष्ट शिक्षक छनौट गरेको छ । सामाजिक विकास डिभिजन कार्यालय वाकेको आर्थिक वर्ष २०७७/०७८ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार बाकेँ र बर्दिया जिल्लामा रहेका सामुदायिक विद्यालयहरु वाट उत्कृष्ट विद्यालय तथा उत्कृष्ट शिक्षक छनौट गरेको हो । वर्दियाका ८ ओटै पालिकावाट सिफारिस भएका […]
Continue Readingयुरोकप फुटबलको सेमिफाइनल समीकरण पूरा
युरोकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ ।युरोपका विभिन्न ११ वटा सहरमा भइरहेको १६औं संस्करणको युरोकप फुटबलमा गएराति इङ्ल्यान्ड र युक्रेनबीचको खेल सकिएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो । युरोकपमा सेमिफाइनलका खेलहरु जुलाइ ७ बाट शुरु हुँदैछ ।रोममा गएराति भएको अन्तिम क्वाटरफाइनल खेलमा युक्रेनलाई ४(० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड सेमिफाइनलमा पुगेको छ । इंग्ल्यान्डलाई […]
Continue Readingपछिल्लो २४ घण्टामा थप एक हजार ४२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि
नेपालगन्ज : पछिल्लो २४ घण्टामा थप एक हजार ४२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण २७ जनाको मृत्यु भएको छ । योसँगै नौ हजार २२५ जनाको मृत्यु भैसकेको छ । पछिल्लो २४ घण्टामा दुई हजार ५५२ जना सङ्क्रमणमुक्त भएका छन् ।
Continue Readingनेपालगन्ज उपमहानगरपालिकाले ल्याएको बजेट पारित
नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि प्रस्तुत वजेट पारित भएकोछ । असार १० गते ९ औं नगरसभामा उपप्रमुख उमा थापा मगरले प्रस्तुत गर्नुभएको एक अर्ब ५४ करोड ७७ लाख रुपैयाँको प्रस्तावित वजेट आजको नगरसभाले पारित गरेको हो । वजेट पारित भएपछि नगरप्रमुख डा. धवलशम्शेर राणाले चार वर्षको अवधिमा नेपालगञ्जमा विकास निर्माणले […]
Continue Readingसरकारले मनसुनजन्य विपद्का कारण घरबार गुमाएकाहरुको अस्थायी बसोबासका लागि प्रतिपरिवार ५० हजारका दरले उपलब्ध गराउने
काठमाडौंः सरकारले मनसुनजन्य विपद्का कारण घरबार गुमाएकाहरुको अस्थायी बसोबासका लागि प्रतिपरिवार ५० हजारका दरले उपलब्ध गराउने भएको छ । राष्ट्रियसभाको आईतबारको बैठकमा समसामयिक विषयमा जानकारी दिदै गृहमन्त्री विष्णु पौडेलले तत्कालअस्थायी बसोबासको व्यवस्था गर्न प्रतिपरिवार ५० हजारका दरले २ करोड ८६ लाख जिल्ला प्रशासन कार्यालयहरुबाट प्रभावित परिवारलाई उपलब्ध गराउने प्रक्रिया अघि बढाईएको जानकारी दिनुभएको हो । […]
Continue Readingडीडीसीलाई २० करोड रुपियाँ सहुलियत ऋण उपलब्ध
काठमाडौँ: किसानको बक्यौता रकम भुक्तानी गर्न सरकारले दुग्ध विकास संस्थान (डीडीसी)लाई २० करोड रुपियाँ सहुलियत ऋण उपलब्ध गराएको छ । सरकारले ५ प्रतिशत ब्याजमा १० वर्षका लागि २० करोड रुपियाँ ऋण दिएको हो । वार्षिक दुई/दुई करोडको दरले सो रकम फिर्ता गर्नुपर्ने सर्त रहको छ ।लामो समयदेखि किसानलाई भुक्तानी नगरेका कारण आर्थिक रूपमा डीडीसीलाई गाह्रो भइरहेको […]
Continue Reading