युरोकप फुटबलको सेमिफाइनल समीकरण पूरा


युरोकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ ।युरोपका विभिन्न ११ वटा सहरमा भइरहेको १६औं संस्करणको युरोकप फुटबलमा गएराति इङ्ल्यान्ड र युक्रेनबीचको खेल सकिएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो । युरोकपमा सेमिफाइनलका खेलहरु जुलाइ ७ बाट शुरु हुँदैछ ।रोममा गएराति भएको अन्तिम क्वाटरफाइनल खेलमा युक्रेनलाई ४(० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड सेमिफाइनलमा पुगेको छ । इंग्ल्यान्डलाई सानदार जित जित दिलाउन कप्तान ह्यारी केनले दुई गोल गरे भने ह्यारी मग्वाएर र जोर्डन हेण्डरसनले एक एक गोल गरे । यससँगै इंग्ल्यान्ड २५ वर्षपछि युरोकपको सेमिफाइनलमा प्रवेश गरेको छ । यस अघि इंग्ल्यान्ड सन् १९९६ मा सेमिफाइनल पुगेको थियो । अब इंग्ल्यान्डले सेमिफाइनलमा डेनमार्कसँग प्रतिस्पर्धा गर्नेछशनिबार राति नै भएको अर्को खेलमा चेक रिपब्लिकलाई २(१ गोल अन्तरले पराजित गर्दै डेनमार्क सेमिफाइनलमा प्रवेश गरेको छ । अजरबैजानको बाकुमा भएको खेलमा सहज जित निकाल्दै डेनमार्क १९९२ पछि पहिलो पटक युरोपियन च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको हो । डेनमार्कले खेलको पाँचौँ मिनेटमा थोमस डेलानेले गरेको गोलसँगै अग्रता लिएको थियो । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *