अध्यागमनमा मापदण्ड र कार्यविधिअनुसार कर्मचारी खटाउन गृहमन्त्रीको निर्देशन

गृहमन्त्री रमेश लेखकले अध्यागमन सुधारका लागि तत्काल गर्नुपर्ने कामकारबाही अघि बढाउन निर्देशन दिएका छन्। आज गृहमन्त्रालयमा बसेको आन्तरिक बैठकमा गृहमन्त्री लेखकले अध्यागमनमा कर्मचारी खटाउँदा स्पष्ट मापदण्ड र कार्यविधिअनुसार काम गर्न निर्देशन दिएका हुन्। गृहमन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयबाट अवाञ्छनीय गतिविधि भएको थाहा पाए कारबाही गर्ने चेतावानी मन्त्री लेखकले दिनुभएको बताए। “गतल […]

Continue Reading

अर्थमन्त्री पौडेलको दाबी :- बजेटले अर्थतन्त्र उकास्नेछ

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटले शिथिल अर्थतन्त्रलाई उकास्ने दाबी गरेका छन्। बिहीवार राष्ट्रियसभाको बैठकमा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो दाबी गरेका हुन्। उनले निजी क्षेत्र र सहकारी क्षेत्रले बजेटप्रति सकारात्मक टिप्पणी गरिरहेको उल्लेख गर्दै बजेटले मितव्ययिता, सुशासन र आर्थिक पुनरुत्थानका लागि साहसिक र उपयोगी कार्यक्रम अघि सारेको जिकिर गरे। उनले स्टार्टअप प्रवर्धनका […]

Continue Reading

आर्थिक अभावका कारण उपचार नपाउने अवस्था अन्त्य हुनुपर्छ : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक अभावका कारण अस्पतालमा पुगेका बिरामी उपचार नपाई फर्कनुपर्ने अवस्था अन्त्य हुनुपर्ने बताएका छन्। मोरङको कटहरी गाउँपालिका २ स्थित जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसनको आज उद्घाटन गर्दै उनले सामाजिक भावबाट सञ्चालित अस्पतालको विकासका लागि सरकारको साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे। “जीवन विकास सामुदायिक अस्पतालले पैसा नभएकै […]

Continue Reading

सरकारी ढुकुटीबाट मात्रै पूर्वाधार बनाउन गाह्रो छ : अर्थमन्त्री पौडेल

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्वले मात्रै विकास निर्माणको आवश्यकता पूरा गर्न अहिलेको अवस्थामा सम्भव नरहेको बताउँदै सरकारले वैकल्पिक वित्त कोषको प्रबन्ध गर्न लागेको बताएका छन्।  राजधानीमा भएको एक कार्यक्रममा उनले आगामी आर्थिक वर्षको बजेटले वैकल्पिक वित्त कोषको प्रबन्ध गरेको बताउँदै पूर्वाधार निर्माणमा देखिएको वित्तीय अभाव त्यसैबाट पूर्ति गरिने बताएका हुन्। उनकाअनुसार उपलब्ध स्रोतले विकास […]

Continue Reading

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।  निगमका अनुसार पेट्रोलमा २ र डिजल र मट्टीतेलमा भने १ रुपैयाँले मूल्य वृद्धि भएको हो। उक्त मूल्य आज राती १२ बजेदेखि लागू निगमले जानकारी दिएको थियो। हवाई इन्धनको मूल्य भने आन्तरिकतर्फ ३ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलो लिटर २२ अमेरिकी डलरले घटाइएको छ।

Continue Reading

कर्मचारीको तलब बढेन, महँगी भत्ता ५ हजार पुग्यो

सरकारले आउँदो आर्थिक वर्षको बजेटमा कर्मचारीको तलब नबढाई महँगी भत्ता बढाएको छ । अर्थमन्त्री विष्णु पौडेलले संसद्‍मा बजेट पेश गर्दै महँगी भत्ता बढाए पनि स्रोत अभावले राष्ट्रसेवक कर्मचारीको तलब बढाउन नसकिएको बताउनुभयो । अर्थमन्त्री पौडेलले कर्मचारीले मासिक रूपमा पाउने महँगी भत्ता ५ हजार रुपैयाँ पुर्‍याइएको बाताउनुभयो । बहालवाला कर्मचारीले तलबबाहेक मासिक रूपमा महँगी भत्ताबापत २ […]

Continue Reading

सरकारले ल्यायाे १९ खर्ब ६४ अर्ब ११ कराेडकाे बजेट

सरकारले आउँदाे आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएको छ । उपप्रधान एवम्अ र्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आउँदाे आर्थिक वर्षको आय–व्ययको अनुमान पेश गर्नुभएको हो । आउँदाे आर्थिक वर्षको बजेटमा चालूतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड अर्थात् ६० दशमलव १ प्रतिशत, पुँजीगततर्फ ४ खर्ब […]

Continue Reading

नेप्से सामान्य बढ्यो, ५ वटा कम्पनीको शेयरमा सकारात्मक सर्किट

शेयर बजार आज सामान्य बढेको छ । हिजो र अस्ति घटेको शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव ८५ अङ्कले बढेर २ हजार ६ सय ७५ दशमलव ६२ विन्दुमा पुगेको छ । आज फाइनान्स, होटल, लगानी, बीमा, माइक्रोफाइनान्स र अन्य बाहेक सबै समूहको शेयर सामान्य बढेकोमा विकास बैंक समूहको शेयर भने डेढ प्रतिशतभन्दा धेरैले उकालो […]

Continue Reading

सुनको भाउ एकैदिन तोलामा पाँच हजार रुपैयाँले बढ्यो

 सुनको भाउ आज एकैदिन तोलामा पाँच हजार रुपैयाँले बढेको छ । सुन आज तोलामा पाँच हजार रुपैयाँले बढेर एक लाख ८९ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ८४ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको भाउ पनि बढेको […]

Continue Reading

कर्णाली सरकारको बेरुजु घट्दो

कर्णाली प्रदेश सरकारको बेरुजु घट्दै गएको छ । महालेखा परीक्षकको कार्यालयको सातौँ वार्षिक प्रतिवेदनले देखाएको छ । प्रतिवेदन अनुसार कर्णाली सरकारको बेरुजु १.३७ प्रतिशतले घटेर गत आर्थिक वर्ष (०८०/०८१) मा १.२२ प्रतिशतमा झरेको हो । उक्त वर्ष महालेखाले कर्णाली प्रदेश सभा, प्रदेश सरकार, मातहतका कार्यालय, समिति तथा अन्य संस्थासमेत गरी १४० वटा निकायको ३७ अर्ब […]

Continue Reading