जुम्लामा माओवादी-कांग्रेसबीच झडप हुँदा ६ जना घाइते

जुम्लाको तातोपानी गाउँपालिका-३ स्थित मतगणना स्थलबाहिर झडप हुँदा ६ जना घाइते भएका छन्। मतगणना स्थलबाहिर माओवादी र कांग्रेसका कार्यकर्ताबीच झडप भएको हो। वडाको मतगणनाको अन्तिम परिणाम सार्वजनिक गर्ने क्रममा झडप भएको जुम्लाका डिएसपी नरेन्द्र चन्दले जानकारी दिए। वडाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएपछि माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार समर्थक युवाले ढुङ्गामुढा गर्दा झडप शुरु भएको थियो। झडपमा […]

Continue Reading

मानवीय त्रुटिलाई विवादको विषय नबनाऔँ : निर्वाचन आयोग

निर्वाचन आयोगले मतगणनाका क्रममा हुने सामान्य मानवीय त्रुटिलाई विवादको विषय नबनाउन आग्रह गरेको छ। अनावश्यक विवाद झिकी मतगणना रोक्ने, हुलहुज्जत गर्ने, नाराबाजी गर्ने र समग्र मतगणनामा ढिलाई गर्ने गरिएकाप्रति ध्यानाकर्षण भएको आयोगले जनाएको छ। मतगणनाका क्रममा देखिएको गतिविधिबाट पूर्वयोजनाअनुसार जेठ ५ गते अगावै मतगणना सम्पन्न गर्ने उद्देश्यमा असर पुगेकोे आयोगले जनाएको छ। आयोगका प्रवक्ता शालिग्राम […]

Continue Reading

भारतीय प्रधानमन्त्री मोदी भोलि नेपाल आउने

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी भोलि (सोमबार) औपचारिक भ्रमणमा पाँचौँ पटक नेपाल आउदै छन्। प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा प्रधानमन्त्री मोदीले नेपालको भ्रमण गर्न लागेका हुन्। बुद्ध जयन्तीका दिन उनले लुम्बिनीको भ्रमण गर्ने कार्यक्रम रहेको छ। मोदी भोलि बिहान एघार बजे लुम्बिनी आउने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। हेलिकप्टरबाट झरेपछि उनी मायादेवीको मन्दिर जाने कार्यक्रम […]

Continue Reading

माओवादीकै कारणले देशभरीका मतगणना केन्द्र तारजाली : शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी केन्द्रकै कारणले देशभरी मतगणना केन्द्रमा तारजालीले घेरिएको बताएका छन्। माओवादीले लोकतन्त्र विपरित जसरी भएपनि नि जित्ने लक्ष्य राखेकै कारणले मतगणना स्थल असुरक्षित भएको बताएका हुन्। उनले फेसबुकमा लेखेका छन्, ‘माओवादी केन्द्रकै कारणले देशभरीका मतगणना केन्द्र तारजालीले घेरिएका हुन्। जसरी नि जित्ने मान्यता लोकतान्त्रिक होइन। गम्भीर बनौँ।’

Continue Reading

प्रधानमन्त्री मोदी पाँचौँ पटक नेपाल भ्रमणमा आउँदै

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी सोमबार नेपालको औपचारिक भ्रमण गर्दैछन्। प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा प्रधानमन्त्री मोदीले नेपालको भ्रमण गर्न लागेका हुन्। बुद्ध जयन्तीका दिन उनले लुम्बिनीको भ्रमण गर्ने छन्। सन् २०१४ मा भारतको प्रधानमन्त्री भएपछि उनको यो पाँचौँ भ्रमण हो। बुद्ध जयन्तीको शुभ अवसरमा लुम्बिनीमा आयोजना हुने विशेष समारोहमा प्रधानमन्त्री मोदी सहभागी हुने कार्यक्रम रहेको […]

Continue Reading

निर्धक्क र भयरहित भई मतदान गरौँ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा निर्धक्क र भयरहित भई मतदान गर्न आह्वान गरेकी छन्। एक भिडियो सन्देश दिँदै राष्ट्रपति भण्डारीले लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष भनेकै जनताले निर्वाचित गरेको प्रतिनिधिबाट शासन सञ्चालन गर्नु भएको उल्लेख गरेकी छिन्। आवधिक निर्वाचन लोकतन्त्रको आधार स्तम्भ भएको बताउदै राष्ट्रपति भण्डारीले निर्वाचनले राज्य शक्तिको वास्तविक स्रोत […]

Continue Reading

एमाले जिताएर के गर्ने? ओलीले स्थानीय सरकार पनि भंग गरिदिन्छन् : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेलाई स्थानीय तह निर्वाचनमा जिताए फेरि स्थानीय सरकार पनि विघटन गर्ने बताएका छन्। सुदूरपश्चिमको अस्थायी राजधानीसमेत रहेको धनगढीमा आयोजित चुनावी सभालाई सोमबार सम्बोधन गर्दै ओलीलाई जिताए स्थानीय सरकार र संसद सबैतिर हंगामा गर्ने भएकाले जिताउन नहुने बताएका हुन्। ‘ओलीजीको पार्टीलाई जिताउनु भनेको संसद भङ्ग गर्न दिनु हो। पहिले पनि […]

Continue Reading

एमाले र माओवादी कार्यकर्ताबाट राप्रपा उम्मेदवारमाथि हातपात, कारवाहीकाे माग

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चुनावी प्रचारमा रहेका आफ्ना उम्मेदवारमाथि भएका हमलाको निन्दा गरेको छ। प्रवक्ता मोहन श्रेष्ठले विज्ञप्ती जारी गरेर धनुषामा एमाले र रुकुम पश्चिममा माओवादी कार्यकर्ताबाट राप्रपाका उम्मेदवारमाथि भएको आक्रमणमा दोषीलाई कारवाहीको माग गरेका हुन्। धनुषाको सबेला नगरपालिका-४ का वडा सदस्यका उम्मेदवार समशुल राइन मियामाथि नेकपा एमालेले साङ्घातिक हमला गरेको राप्रपाको आरोप छ। यस्तै, […]

Continue Reading

माओवादी र कांग्रेसबीच झडप हुँदा दश घाइते

रुकुम पश्चिमको चौरजहारी नगरपालिका र आठबीसकोट नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ। चौरजहारी र आठबीसकोटमै छुट्टाछुट्टै शुक्रबार राति माओवादी केन्द्र र कांग्रेसका कार्यकर्ताबीच झडप भएको हो। झडपमा दुईजना प्रहरी सहित दशजना घाइते भएका छन्। अस्थायी प्रहरी पोष्ट स्यालाखदीका अनुसार आठबीसकोट नगरपालिका-३ खदीमा दुई पक्षबीच भएको झगडा मिलाउने क्रममा दुईजना प्रहरी […]

Continue Reading

टिकट वितरणमा आर्थिक चलखेल भयो, कार्यकर्तामाथि न्याय भएन : शेखर कोइराला

नेपाली काँग्रेसका नेता शेखर कोइरालाले स्थानीय तह निर्वाचनमा भएको टिकट वितरणमा कार्यकर्ताहरूप्रति समानरुपले न्याय नभएको बताएका छन् । बुधबार विहान एक विज्ञप्ति जारी गर्दै उनले टिकट वितरणमा एउटा मापदण्ड बनाउँदा पार्टी कार्यकर्ताहरूमाथि अन्याय भएको बताए । टिकट वितरणलाई लिएर अहिले कार्यकर्ताको असन्तुष्टि देशभरबाट आइरहेको उनको भनाइ छ । ‘जीवनभर काँग्रेसको सिद्धान्त, मूल्य पद्धति र आदर्शप्रति […]

Continue Reading