इकवाल भैरहवा ग्लाडियटर्सबाट खेल्ने

बंगलादेशका सर्वाधिक सफल ब्याट्सम्यान तमिम इकवालले भैरहवा ग्लाडियटर्सबाट बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् । पछिल्लो दुई सिजनको उपविजेता भैरहवाबाट श्रीलंकाका पूर्वकप्तान उपुल थारंगा र धम्मिका प्रसादले पनि खेल्नेछन् । ३२ वर्षे बायाँहाते ब्याट्सम्यान इकवालले ६४ टेस्ट र २ सय १९ एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दै बंगलादेशबाट सर्वाधिक रन बनाएका छन् । उनको नाममा टेस्टमा ४ हजार […]

Continue Reading

दादुराका बिरामी जाजरकोटमा भेटिए

जाजरकोटमा दादुराका बिरामी भेटिएका छन् । नेपालले सन् २०१९ भित्र उन्मूलन गर्ने लक्ष्य लिए पनि जाजरकोटको भेरी नगरपालिका–१ रावतगाउँमा दादुराका बिरामी फेला परेका हुन् । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)को सहयोगमा भेरी–१ रावतगाउँमा १८ बालबालिकाको नमुना सङ्कलन गरी जाँच गर्दा थप दुईमा दादुरा सङ्क्रमण पुष्टि भएपछि अवस्था गम्भीर देखिएको भेरी नगरपालिकाको स्वास्थ्य शाखाका दीपक ओलीले बताउनुभयो […]

Continue Reading

नेपाली पुरुष फुटबल टोली कतार प्रस्थान

काठमाडौं, भाद्र २५ गते ।  अर्को महिना माल्दिभ्समा आयोजना हुन लागेको दक्षिण एशियाली फुटबल साफ च्याम्पियनशीपको अन्तिम तयारीका लागि नेपाली पुरुष फुटबल टोली आज कतार जाँदैछ । नेपाली टोलीलाई युवा तथा खेलकूद सचिव केदर न्यौपाने र फुटबल संघका अध्यक्ष लगायत एन्फाका पदाधिकारीहरुले हिजो बिदाई गर्नुभएको हो । टोलीमा २४ खेलाडीसहित अन्य अफियसियलहरु रहनुभएको छ । […]

Continue Reading

नेपालले बंगलादेशविरुद्धको खेलमा २–१ को जित निकालेको छ

काठमाडौं, भाद्र २४ गते । डेब्यु खेलाडीद्वय प्रिति राई र सबिता रानाको दुई गोलको मद्दतमा आज नेपालले बंगलादेशसँगको पहिलो मैत्रिपूर्ण खेलमा सुखद नतिजा निकालेको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले बंगलादेशविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा २–१ को जित निकालेको हो । सुरुआतमा केही दबाब खेपेको नेपालका लागि १४औं मिनेटमा सबिताले गोल गर्दै नेपाललाई अग्रता […]

Continue Reading

ईपीएलको खेलतालिका सार्वजनिक

 चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल)को खेलतालिका सार्वजनिक भएको छ ।  आगामी असोज ९ देखि २३ गतेसम्म कीर्तिपुरस्थिती टीयू अन्तर्राष्ट्रिय मैदानमा हुने खेलमा ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन् । सिंगल राउण्ड रोविन लिगमा १५ खेल हुनेछ । त्यसपछि शीर्ष चार टोली क्वालिफायरमा प्रवेश गर्नेछन् । क्वालिफायरमा फाइनलसहित चार खेल हुनेछ ।१९ खेलपछि ईपीएलले च्याम्पियन पाउनेछ […]

Continue Reading

ए डिभजिन राष्ट्रिय फुटसल लिग: उद्घाटन खेल द राइजिङ क्लब र स्काई गोल्सबीच हुने

असोज पहिलो साताबाट पोखरामा आयोजना हुने ए डिभिजन राष्ट्रिय फुटसल लिगको उद्घाटन खेलमा द राइजिङ क्लब, धरान र स्काई गोल्स काठमाडौंबीच प्रतिस्पर्धा हुने भएको छ । ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा भएको टाइसिट ‘ड्र’बाट सार्वजनिक गरिएको तालिकामा द राइजिङ क्लब र स्काई गोल्स काठमाडौंले प्रतिस्पर्धा गर्ने भएका हुन । यस्तै दिनको दोस्रो खेल […]

Continue Reading

नेपालले पपुवान्यूगिनीसँग ओमानमा सामना गर्दै

नेपालले आज पपुवान्यूगिनीको सामना गर्दैछ । दुई खेलको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय एकदिबसीय श्रृखंलाको पहिलो खेल अन्तगर्त नेपालले ओमानमा पपुवान्यूगिनीको सामना गर्न लागेको हो । आगामी साता सुरु हुने आईसीसी विश्वकप क्रिकेट लिग २ को तयारी स्वरुप नेपाल र पपुवान्यूगिनीबीचको खेल ओमान अल एमिरात क्रिकेट ग्राउन्डमा बिहान ११ बजेबाट सुरु हुँदैछ ।यति वेला नेपाली राष्ट्रिय क्रिकेट टोली […]

Continue Reading

नेपाल-भारत फुटबल: खेलाडीलाई मात्र हैन प्रशिक्षकलाई पनि पहेँलो कार्ड, किन हुन्छ दुई देशबीचको खेलमा सधैँ तनाव

BBC.comनेपाल र भारतबीच दशरथ रङ्गशालामा बिहीवार र आइतवार दुई मैत्रीपूर्ण फुटबल खेल भए। मैत्रीपूर्ण फुटबलको उद्देश्य थियो अर्को महिना माल्दिभ्समा हुने साफ च्याम्पियनशिपको तयारी। अर्थात् दुवै टोलीले माले पुग्नुअगाडि आफ्नो टोलीमा देखिएका कमीकमजोरी सुधार्ने प्रयास। तर मैदानमा देखिएका घम्साघम्सीका दृश्यहरूले भने ती खेललाई मैत्रीपूर्ण वा अभ्यास खेल भनिरहेका थिएनन्। मैदानको प्रतिस्पर्धा यस्तो थियो कि मानौँ […]

Continue Reading

विश्वकप छनोटमा ब्राजिल र अर्जेन्टिनाकाे जित

 दक्षिण अमेरिकी विश्वकप छनोटमा ब्राजिल र अर्जेन्टिनाले शुक्रबार सजिलो जित निकालेका छन् । ब्राजिलले लगातार सातौं खेलमा जित निकाल्ने क्रममा चिलीलाई १–० ले हरायो । त्यसमा एभरटन रिबेरोले निर्णायक गोल गरे । ब्राजिलको सात खेलबाट अधिकतम २१ अंक छ । यस्तै भेनेजुएलालाई ३(१ गोलले पराजित गर्दै अर्जेन्टिना १५ अंकसाथ दोस्रो स्थानमा छ । अर्जेन्टिनाको जितमा […]

Continue Reading

नेपाल र भारतको मैत्रीपूर्ण खेल १-१ गोलको बराबरी

काठमाडौं, भाद्र १७ गते ।  नेपाल पहिलो मैत्रीपूर्ण खेलमा भारतसँग बराबरीमा रोकिएको छ । बिहीबार भएको खेलमा नेपालले भारतसँग १-१ गोलको बराबरी खेलेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरुवाती अग्रता जोगाउन नसक्दा नेपाल बराबरीमा रोकिएको हो ।घरेलु दर्शकसामु खेलको ३६ औं मिनेटमा अन्जन विष्टले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए । भारतका चिन्गेलसना सिंह […]

Continue Reading