नेपालले आज पपुवान्यूगिनीको सामना गर्दैछ । दुई खेलको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय एकदिबसीय श्रृखंलाको पहिलो खेल अन्तगर्त नेपालले ओमानमा पपुवान्यूगिनीको सामना गर्न लागेको हो ।
आगामी साता सुरु हुने आईसीसी विश्वकप क्रिकेट लिग २ को तयारी स्वरुप नेपाल र पपुवान्यूगिनीबीचको खेल ओमान अल एमिरात क्रिकेट ग्राउन्डमा बिहान ११ बजेबाट सुरु हुँदैछ ।यति वेला नेपाली राष्ट्रिय क्रिकेट टोली ओमानमा छ । वर्षा याममा योजनाबद्ध तरिकाले अभ्यास गर्न नपाएको नेपाल केही दिन अगावै ओमान गएर अभ्यास गरिरहेको छ ।
आयोजक ओमान, अमेरिका र नेपाल सम्मिलित शृंखलाको तयारीका लागि आज नेपालले पिएनजीसँग पहिलो अभ्यास खेल्न लागेको हो । राजीनामा दिइसकेका प्रशिक्षक ह्वाटमोरको प्रशिक्षणमा नेपालले पहिलो अन्तर्राष्ट्रिय भ्रमण गरेको हो । सोही हिसाबले पनि प्रशिक्षक परिक्षाको रुपमा लिइएको छ ।
अहिले टोली लामो अनुभव भएका खेलाडी पारस खड्का विना शृंखला खेल्न लागेको छ । अधिकांस युवा खेलाडीको बाहुल्यता रहेको टोलीबाट नेपालले विश्व क्रिकेट लिग डिभिजन टु मा प्रतिस्पर्धा गर्दै छ ।
यस अघि घरेल मैदानमा भएको अन्तर्राष्ट्रिय खेलमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई अन्तर्राष्ट्रिय भ्रमण सिद्ध गर्ने मौका पनि रहेको छ । लिगका सबै खेलमा सुखद लक्ष्य निकाल्ने लक्ष्यका साथ नेपाली टोली दुई सात अघि ओमान प्रस्थान गरेको हो ।

