बागलुङ बस दुर्घटना : मृतकको संख्या ८ पुग्यो, घाइते २४ मध्ये अधिकांश सिकिस्त

बागलुङको निसीखोलामा आज साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ। घटनास्थलमै ७ जनाको मृत्यु भएको र अर्का एकजनाको उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते भएका २४ जनालाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ। इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख राजकुमार विकका अनुसार दुर्घटनामा मृत्यु भएकाको शव सङ्कलन भइरहेको छ। […]

Continue Reading

कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

सत्तारूढ दल नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई चार दिन हिरासतमा राख्न काठमाण्डाै जिल्ला अदालतले नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युराे (सीआईबी) लाई अनुमति दिएकाे छ । सीआईबीले उपाध्यक्ष महरालाई आज बिहान कपिलवस्तुबाट पक्राउ गरेर काठमाण्डौ ल्याएको थियाे । प्रहरीले म्याद थपका लागि महरालाई आजै जिल्ला अदालत काठमाण्डौमा उपस्थित गराएकोमा अदालतले चार दिन हिरासतमा राखेर अनुसन्धान […]

Continue Reading

शेरबहादुरजी पैसा बाँडेर मात्रै चुनाव जित्छन् : केपी ओली

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा डडेल्धुरामा पैसा बाँडेर चुनाव जित्ने गरेको आरोप लगाएका छन्। आज परशुराम नगरपालिकाको रंगमैदान जोगबुढामा एमाले डडेल्धुराको नवौँ जिल्ला अधिवेशन उद्घाटन गर्न पुगेका ओलीले देउवाले चुनावका बेला खुलेआम पैसा बाँड्ने गरेको आरोप लगाएका हुन्। ‘नेकपा एमाले यहाँ दुई कारणले हार्छ। एउटा शेरबहादुर जीले […]

Continue Reading

वीरेन्द्रनगरको हङकङ बजार र गोदामलाइन क्षेत्रमा डोजर चलेपछि तनाव !

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका–६, को हटियालाइन, हङकङ बजार र गोदामलाइन क्षेत्रमा नगरपालिकाको डोजर चलेपछि अवस्था तनावग्रस्त बनेको छ । सार्वजनिक जमिनमा सटर लगाई बसेका व्यवसायीहरुको सटरमा डोजर चल्न थालेपछि व्यवसायीहरुले ढुङ्गामुढा प्रहार गरेका हुन् । नगरपालिकाले सुरुमा हटियालाइनतर्फबाट डोजर चलाउन सुरु गरेको थियो । सुरुको पसलमा डोजर चलाएपछि व्यापारीहरुले डोजरमाथि ढुङ्गामुढा प्रहार गरेका हुन् […]

Continue Reading

प्रधानमन्त्री प्रचण्डलाई तेस्राे पटक विश्वासकाे मत प्राप्त

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट तेस्रो पटक विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्रीले प्रस्तुत गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा एक सय ५७ मत र विपक्षमा एक सय १० मत प्राप्त भएको छ । मत विभाजन प्रक्रियामा एक मत दिन्न भन्नेमा खसेको थियो । बैठकमा दुई सय ६८ सांसद उपस्थित […]

Continue Reading

राष्ट्रपतिले हटाए मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख

राष्ट्रपति रामचन्द्र पौडेलले तीन प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेका छन्। राष्ट्रपतिले मधेस प्रदेशका प्रदेश प्रमुख हरिशङ्कर मिश्र, गण्डकी प्रदेशका पृथ्वीमान गुरुङ र सुदूरपश्चिम प्रदेशका देवराज जोशीलाई पदमुक्त गरेका राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ। नेपाल सरकार मन्त्रिपरिषद्को यही फागुन २८ गतेको सिफारिसअनुसार नेपालको संविधानको धारा १६५ को उपधारा १ को खण्ड ‘ख’ बमोजिम पदमुक्त […]

Continue Reading

प्रधानमन्त्री प्रचण्डले फागुन ३० गते विश्वासको मत लिने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन ३० गते विश्वासको मत लिने भएका छन्। नेकपा एमाले-नेकपा माओवादी केन्द्र-रास्वपा-जसपाको सत्ता गठबन्धनबाट प्रधानमन्त्री बनेका प्रचण्डले फागुन ३० गते विश्वासको मत लिने माओवादी केन्द्रका पार्टी सचिव चक्रापाणी खनालले बताएका छन्। आइतवार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग सचिव खनालले ३० गते विश्वासको मत लिने जानकारी दिएका हुन्। उनले भने, ‘प्रधानमन्त्री […]

Continue Reading

पदबाट हट्नुपर्ने डरले प्रधानमन्त्री थर्कमान छन् : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदबाट हट्नुपर्ने डरले थर्कमान रहेको टिप्पणी गरेका छन्। आइतवार ललितपुरको गोदावरी नगरपालिकाको ८औँ स्थापना दिवसको अवसरमा उनले यस्तो टिप्पणी गरेका हुन्। उनले प्रधानमन्त्रीको कुर्सी बन्नुभन्दा पहिलादेखि नै हल्लिएको बताए। उनले कतिखेर धकेलिने र लड्ने भन्ने डर प्रधानमन्त्रीमा रहेको जिकिर गरे। उनले डराएको प्रधानमन्त्रीले युद्धस्तरमा काम गर्न […]

Continue Reading

७ महिनामा ८ खर्ब ३९ अर्ब रेमिट्यान्स भित्रियाे

चालु आर्थिक वर्षको पहिलो सात महिनामा देशको अर्थतन्त्रका धेरैजसो सूचकहरू सकारात्मक देखिएका छन् । राष्ट्र बैंकले आज सार्वजनिक गरेकाे साउनदेखि माघ मसान्तसम्मको तथ्याङ्कअनुसार अर्थतन्त्रका सूचकहरू सकारात्मक देखिएका हुन् । चालु आर्थिक वर्षको पहिलो सात महिनामा आठ खर्ब ३९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । रेमिट्यान्स गएको वर्षको त्यही अवधिको तुलनामा २१ दशमलव १६ प्रतिशतले बढेको […]

Continue Reading

राष्ट्रिय सभा अध्यक्ष चुनावका लागि  सोमवार उम्मेदवारी दर्ता हुने

राष्ट्रिय सभा अध्यक्ष पदका लागि हुने चुनाव पर्सि सोमवार उम्मेदवारी दर्ता हुने भएको छ।फागुन २९ गते मंगलवार हुने चुनावमा लागि २८ गते उम्मेदवारी दर्ता गर्ने सहमति भएको राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले जानकारी दिनुभयो । उपाध्यक्ष अर्यालको अध्यक्षतामा राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका नेता, प्रमुख तथा मुख्य सचेतक र कार्यव्यवस्था तथा परामर्श समितिका सदस्यसँग छलफल […]

Continue Reading