सरकारमाथि संकट : बजेट संशोधन नभए फेल पार्ने रणनीतिमा सत्तापक्ष !

सरकारले ल्याएको ०८०/०८१ को बजेट सहज ढंगले पारित नहुने देखिएको छ। असन्तुलित ढंगले बजेट ल्याइएको भन्दै सत्तापक्षका सांसदहरूले विरोध गरेपछि सरकारलाई संकट देखिएको हो। बजेट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री डा. प्रकाश शरण महत र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको क्षेत्रमा केन्द्रित भएको भन्दै सत्तापक्षबाट तीव्र विरोध भइरहेको छ। नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले […]

Continue Reading

डुबेर बालकको मृत्यु

जिल्लाको डुंगेश्वर गाउँपालिका–१ खाँडा बस्ने बलबहादुर खड्काका ९ बर्सीय छोरा गणेश बहादुर खड्काको डुबेर मृत्यु भएको छ। पौडी खेल्लने क्रममा डुंगेश्वर गाउँपालिका–१ मा पर्ने लोहोरे खोलामामा डुबेर उनको आज (आइतबार) मृत्यु भएको हो। बालक खोलामा डुबेको सूचना पाएपछि प्रहरी टोली घटनास्थल गई शव निकालेको दैलेखका प्रहरी प्रमुख किशोर लम्सालले बताए। बालकको शव पोस्टमाटमका लागि जिल्ला […]

Continue Reading

बजेट नसच्याए सरकार ढल्छ : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनको सरकार ढल्ने चेतावनी दिएका छन्। आइतवार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सत्ता गठबन्धन ५ वर्षै चलाउनुपर्ने र त्यसका लागि प्रयास गर्ने भए पनि बजेट यथास्थितिमा पास भए सरकार ढल्ने बताए। उनले बजेटमा सबैजना असन्तुष्ट रहेको उल्लेख गर्दै प्रधानमन्त्री र अर्थमन्त्रीको लचकता नदेखाए सरकार दुर्घटनामा […]

Continue Reading

संसद्‌मा प्रधानमन्त्रीको राजीनामा माग

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गरेको छ। आइतवार बसेको प्रतिनिधिसभाको बैठकमा समय माग गरी बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रधानमन्त्री दाहालको राजीनामा माग गरेका हुन्। उनले प्रधानमन्त्री दाहालविरुद्ध सर्वोच्च अदालतमा युद्ध अपराधको मुद्दा दर्ता भएको र सर्वोच्च अदालतले जेठ ३० गते अदालतमा उपस्थित हुन भनेको भन्दै प्रधानमन्त्रीले राजीनामा दिएर […]

Continue Reading

देशको जिम्मा लिएकाहरू नदीनाला विदेशीलाई जिम्मा लगाउनु उपलब्धि ठान्छन् : राजेन्द्र लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री पुष्पकमल दाहालले देशका नदीनाला भारतलाई सुम्पने काम गरेको आरोप लगाएका छन्। अध्यक्ष लिङदेनले प्रधानमन्त्री दाहालको भारत भ्रमणप्रति संकेत गर्दै भारतको नयाँ संसदमा नेपालको भूमि सामेल गरिएको नक्सा राख्दा पनि किन त्यसो गरिएको भनेर प्रधानमन्त्री दाहालले प्रश्न गर्न नसकेको भन्दै आपत्ति जनाए। पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक भूतपूर्व […]

Continue Reading

नौमूलेमा खानामा १ करोड ७३ लाख स्वाहा

जिल्लाको नौमूले गाउँपालिकाले एक वर्षको अवधिमा खानामा १ करोड ७३ लाख खर्च गरेको पाइएको छ। महालेखाको प्रतिवेदन २०७९ अनुसार नौमूलेले आव २०७८।०७९ मा खाना तथा विविधमा १ करोड ७३ लाख ५६ हजार ९०८ रुपैयाँ २१ पैसा खर्च गरेको हो। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ बमोजिम व्ययको बजेट अनुमान आन्तरिक आयको परिधिभित्र रही […]

Continue Reading

देशलाई नै ग्रहण लागेजस्तो छ, सरकार नालायक भयो : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार नालायक भएको टिप्पणी गरेका छन्। नेपाल निजामती कर्मचारी संगठनको दोस्रो राष्ट्रिय महिला भेलाको उद्घाटन गर्दै ओलीले देशका बारेमा सरकार चुइँक्क बोल्न नसक्ने अवस्थामा रहेको बताए। ‘अहिले अवस्था राम्रो छैन, देशलाई नै ग्रहण लागेजस्तो भएको छ। दुई वर्षमा ८ प्रतिशत पुर्याउँछु भनेको आर्थिक वृद्धि दर २ प्रतिशत नपुग्ने […]

Continue Reading

दैलेखका विद्यालय कर्मचारी धर्नामा

लामो समयदेखि विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरू विगत छ दिनदेखि धर्नामा बसेका छन्। उनीहरूले सरकारसँग विभिन्न मागहरू राख्दै विद्यालयमा ताला चाबी बुझाएर विगत छ दिनदेखि धर्नामा बसेका छन्। विद्यालय कर्मचारीलाई स्थायी गर्नुपर्ने, दरबन्दी कायम गरेर निजामती कर्मचारी सरहको सुविधा दिनुपर्ने, उमेरहद पुगेकालाई राहत दिनुपर्ने लगायतका मागहरू राख्दै उनिहरु शिक्षा विकास तथा समन्वय इकाई दैलेखमा धर्नामा बसेका […]

Continue Reading

पुँजीगत खर्च गर्न नसक्नु नै प्रमुख चुनौती : अर्थमन्त्री

अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारलाई प्रभावकारी रुपमा पुँजीगत खर्च गर्न नसक्नु प्रमुख चुनौती रहेको बताएका छन्। शुक्रबार राष्ट्रिय सभामा आगामी आर्थिक वर्षको बजेटका विषय संसदमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महतले यस्तो बताएका हुन्। उनले सरकारलाई पुँजीगत खर्च गर्न नसक्नु चुनौतीपूर्ण बन्दै गएको स्वीकार गरे। उनले सरकारले आगामी आर्थिक वर्षको प्रश्तुत बजेटमा पुँजीगत खर्चलाई प्रभावकारी बनाउनको […]

Continue Reading

एक वर्षमा खानामा २४ लाख स्वाहा

जिल्लाको भैरवी गाउँपालिकाले एक वर्षको अवधिमा खानामा २४ लाख रुपैयाँ खर्च गरेको पाइएको छ। महालेखाको प्रतिवेदन २०७९ अनुसार गापाले खाना तथा विविध खर्चमा २४ लाख २९ हजार स्वाहा पारेको हो। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ बमोजिम व्ययको बजेट अनुमान आन्तरिक आयको परिधिभित्र रही औचित्यको आधारमा विविध खर्च गर्न पाउने व्यवस्था भए पनि […]

Continue Reading