दैलेखका विद्यालय कर्मचारी धर्नामा

लामो समयदेखि विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरू विगत छ दिनदेखि धर्नामा बसेका छन्। उनीहरूले सरकारसँग विभिन्न मागहरू राख्दै विद्यालयमा ताला चाबी बुझाएर विगत छ दिनदेखि धर्नामा बसेका छन्। विद्यालय कर्मचारीलाई स्थायी गर्नुपर्ने, दरबन्दी कायम गरेर निजामती कर्मचारी सरहको सुविधा दिनुपर्ने, उमेरहद पुगेकालाई राहत दिनुपर्ने लगायतका मागहरू राख्दै उनिहरु शिक्षा विकास तथा समन्वय इकाई दैलेखमा धर्नामा बसेका […]

Continue Reading

पुँजीगत खर्च गर्न नसक्नु नै प्रमुख चुनौती : अर्थमन्त्री

अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारलाई प्रभावकारी रुपमा पुँजीगत खर्च गर्न नसक्नु प्रमुख चुनौती रहेको बताएका छन्। शुक्रबार राष्ट्रिय सभामा आगामी आर्थिक वर्षको बजेटका विषय संसदमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महतले यस्तो बताएका हुन्। उनले सरकारलाई पुँजीगत खर्च गर्न नसक्नु चुनौतीपूर्ण बन्दै गएको स्वीकार गरे। उनले सरकारले आगामी आर्थिक वर्षको प्रश्तुत बजेटमा पुँजीगत खर्चलाई प्रभावकारी बनाउनको […]

Continue Reading

एक वर्षमा खानामा २४ लाख स्वाहा

जिल्लाको भैरवी गाउँपालिकाले एक वर्षको अवधिमा खानामा २४ लाख रुपैयाँ खर्च गरेको पाइएको छ। महालेखाको प्रतिवेदन २०७९ अनुसार गापाले खाना तथा विविध खर्चमा २४ लाख २९ हजार स्वाहा पारेको हो। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ बमोजिम व्ययको बजेट अनुमान आन्तरिक आयको परिधिभित्र रही औचित्यको आधारमा विविध खर्च गर्न पाउने व्यवस्था भए पनि […]

Continue Reading

अर्थतन्त्र चलायमान बनाउन आर्थिक क्रान्ति नै गर्नुपर्ने अवस्था छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको अर्थतन्त्रलाई चलायमान बनाउन आर्थिक क्रान्ति गर्नुपर्ने बताउनुभएको छ । बिहीवार लुम्बिनी केबलकार उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो । उहाँले महामारीको मारमा परेका व्यवसायीलाई राहत दिने गरी तथा शिथिल बन्न पुगेको देशको अर्थतन्त्रलाई थप चलायमान बनाउने गरी निजी क्षेत्रकाे सुझावलाई सरकारले भर्खरै सार्वजनिक गरेको आउँदाे वर्षको बजेटमा समेटेको दाबी […]

Continue Reading

कर्णाली प्रदेशको नीति तथा कार्यक्रम पारित

कर्णाली प्रदेशको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम पारित भएको छ । बिहीबार प्रदेशसभाको नवौँ बैठकमा मुख्यमन्त्री राजकुमार शर्माले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिएसँगै पारित भएको हो । नीति तथा कार्यक्रम प्रदेशसभा नियमावलीको नियम ३७ (४) बमोजिम पारित भएको हो । जेठ २१ गते कर्णाली प्रदेशको नीति तथा कार्यक्रम ल्याइएको थियो। एमालेले […]

Continue Reading

भ्रष्टाचार नगर्ने मानिस नेपालमै पाउन मुस्किल : बाबुराम भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले देशमा भ्रष्टाचार नगर्ने मानिस पाउन मुस्किल भएको दाबी गरेका छन्। बिहीवार भक्तपुरमा पार्टीको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले आफूले संघर्ष गरेर ल्याएको उपलब्धिको रक्षा गर्दै नेपाललाई छोटो अवधिमा समतामूलक समृद्धिको दिशामा लैजान आवश्यक रहेको बताए। उनले न्यायपूर्ण समाज निर्माणको लक्ष्यसहित नेपाल समाजवादी पार्टी […]

Continue Reading

पाँच दिनसम्म तातो हावा तथा लूको सम्भावना, सचेत रहन महाशाखाको अनुरोध

मौसम पूर्वानुमान महाशाखाले आगामी केही दिनसम्मको देशभरिको तापक्रमको अवस्था तथा विश्लेषण अनुसार तराईका धेरैजसो भू-भागहरूमा अधिकतम र न्यूनतम तापक्रम क्रमिक रूपमा बढ्ने जनाएको छ । हालको तल्लो र उपल्लो वायुमण्डलको अध्ययन र विश्लेषण अनुसार नेपालमा यस वर्षको मनसुनको आगमन हुन अझै केही दिन लाग्ने देखिएको महाशाखाको भनाई छ । विगत केही दिनदेखि देशका अधिकांश भू-भागहरूको […]

Continue Reading

हिउँपहिरोमा बेपत्ता भएको ३२ दिनपछि शव फेला

हिउँपहिरोमा बेपत्ता भएका तीन जना यार्सा सङ्कलक ३२ दिनपछि मृत अवस्थामा फेला परेका छन् । मुगुको पाटनमा यार्सागुम्वा टिप्न गएका जुम्लाको पातारासी गाउँपालिका–२ तल्फि गाउँका १५ जनामध्ये ४० वर्षिय तारासिंह सार्की, ३५ वर्षिय पुन्न सार्की र ३५ वर्षिय वीर बोहोराको शव सोमबार फेला परेको मुगुस्थित जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेश बस्नेतले जानकारी दिए […]

Continue Reading

भारत भ्रमणबारे कनिकुथी विरोध गर्नु उचित होइन : प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणबारे कनिकुथी विरोध गर्नु उचित नभएको बताएका छन्। प्रधानमन्त्री प्रचण्डले हुन बाँकी सहमतिलाई पनि बिगार्ने र नेपाललाई नै कमजोर बनाउने गरी आफ्नो भारत भ्रमणको सकि नसकि विरोध गर्ने तरिका उचित नभएको बताएका हुन्। बुधबार राष्ट्रियसभा बैठकमा सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले आफूले भारतसँग गरेका सहमतिका लागि राष्ट्रिय […]

Continue Reading

कामु प्रधानन्यायाधीशविरुद्ध बहालवाला न्यायाधीशकै उजुरी

कामू प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीशमा नियुक्ति गर्न नहुने भन्दै संघीय संसदको संसदीय सुनुवाइ विशेष समितिमा बहालवाला जिल्ला न्यायाधीशले नै उजुरी दर्ता गरेका छन् । न्यायाधीश डा. श्रीकृष्ण भट्टराईले कार्कीमाथि प्रधानन्यायधीश पदको सम्मान, गरिमा र ओज कायम राख्नसक्ने हैसियत र ल्याकत नभएको दाबी गरेका हुन् । बहालवाला न्यायाधीशले प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध उजुरी दिएको संसदीय सुनुवाइको इतिहासमा दुर्लभ […]

Continue Reading