योजना छनोटमा गलत भएको भन्दै कर्णालीमा प्रतिपक्षीद्वारा संसद् अवरुद्ध

कर्णालीमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले संसद् अवरुद्ध गरेको छ । आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा योजना छनोट प्रक्रियामा गलत काम भइरहेको भन्दै माओवादीले सोमबारको बैठक अवरुद्ध गरेको हो । माओवादी सांसद विन्दमान विष्टले योजना बैँकमा योजना इन्ट्री गर्ने विधिमाथि नै प्रश्न उठाए । चित्तबुझ्दो जवाफ सरकारले नदिएसम्म सदन चल्न नसक्ने चेतावनी […]

Continue Reading

बालुवाटारमा सुरु भयो मन्त्रिपरिषद्‍ बैठक

मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा संसद्को‍ गतिरोधलगायत समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने जनाइएको छ।

Continue Reading

माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा : परीक्षामा अख्तियार

पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जेठ २२ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि अहिले पक्ष–विपक्षमा बहस भइरहेको छ । काभ्रेमा रहेको पतञ्जली योगपिठको जग्गा हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियारले नेपालविरुद्ध १८ करोड ५८ लाख बिगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो । स्वयम् नेपालले […]

Continue Reading

कर्णालीमा टालटुले नीति तथा कार्यक्रम ल्याइएको प्रतिपक्षको आरोप

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष (०८२/०८३) का लागि ल्याएको नीति तथा कार्यक्रममाथि संसदमा छलफल सुरु भएको छ । आइतबार भएको छलफलमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले नीति तथा कार्यक्रमलाई सुमेरु पर्वत, चुनावी प्रतिबद्धता तथा पूर्वाग्रहीको पोकोको रूपमा अर्थ्याएको छ । विपक्षी दलका नेता राजकुमार शर्माले धेरै काटकुट गरी टालटुले नीति तथा कार्यक्रम […]

Continue Reading

आज पनि संसद्‌मा अवरोध

भिजिट भिसा प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग वा न्यायिक छानबिनको माग गर्दै प्रतिपक्षी दलहरूले आइतवार पनि संसद् अवरोध कायमै राखेका छन्। संसद् बैठक शुरु भएसँगै प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)सहितका विपक्षी दलका सांसदहरूले उभिएर विरोध जनाएका हुन्। विपक्षी दलहरूले भिजिट भिसा प्रकरणबारे छानबिनलाई सघाउन गृहमन्त्रीले राजीनामा दिनुपर्ने र उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने […]

Continue Reading

विद्या भण्डारीबारे ओलीको टिप्पणी : फलाना आउने भनेर खेल खेलिँदै छ

प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा फर्किने विषयलाई लिएर टिप्पणी गरेका छन्। आइतवार काठमाडौँमा पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४ औं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले महाधिवेशनको मिति नै घोषणा नभएका वेला भ्रमको पछि नलाग्न आग्रह गरेका हुन्। उनले पूर्वराष्ट्रपति भण्डारी पार्टीको जिम्मेवारीमा फर्किने […]

Continue Reading

हिमानी ट्रस्टले जुम्लामा सुत्केरी सेवा केन्द्र बनाउँदै

पूर्वयुवराज्ञी हिमानी शाह छोरा हृदयेन्द्र शाहसहित जुम्ला पुगेकी छिन्। हिमानी ट्रष्टले जुम्लाको गुठिचौर गाउँपालिकाअन्तर्गत मनिसाङ्घमा निर्माण गर्न लागेको सुत्केरी सेवा केन्द्रको शिलान्यासका लागि पूर्वयुवराज्ञी शाह जुम्ला पुगेकी हुन्। जुम्ला विमानस्थलमा उनलाई स्थानीयबासीले स्वागत गरेका थिए। हिमानी ट्रष्टले सामाजिक सेवाअन्तर्गत सुत्केरी सेवा केन्द्र बनाउन लागेको हो। उक्त क्षेत्रमा मातृ तथा नवजात स्वास्थ्य सेवा सुदृढ बनाउने दिशातर्फ […]

Continue Reading

आर्थिक अभावका कारण उपचार नपाउने अवस्था अन्त्य हुनुपर्छ : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक अभावका कारण अस्पतालमा पुगेका बिरामी उपचार नपाई फर्कनुपर्ने अवस्था अन्त्य हुनुपर्ने बताएका छन्। मोरङको कटहरी गाउँपालिका २ स्थित जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसनको आज उद्घाटन गर्दै उनले सामाजिक भावबाट सञ्चालित अस्पतालको विकासका लागि सरकारको साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे। “जीवन विकास सामुदायिक अस्पतालले पैसा नभएकै […]

Continue Reading

वर्षा लागिसकेकाले अब ठूलो आन्दोलन हुँदैन : अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्षा लागिसकेकाले अब ठूलो आन्दोलन नहुने भएकाले उपयुक्त समयमा पार्टीले आन्दोलन गर्ने बताएका छन् । झापाको हल्दिबारीमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीले गरिरहेको आन्दोलन राजसंस्था र हिन्दू राष्ट्रका लागि मात्रै नभएको भन्दै उपयुक्त समयमा राप्रपाले ठूलो आन्दोलन गर्ने दाबी गरे । राप्रपाले गरिरहेको आन्दोलन राजसंस्था पुनःस्थापना, हिन्दू राज्यसँगै […]

Continue Reading

“आमाको घर स्वस्थ रहन जरुरी छ” मन्त्री भण्डारी

कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री माननीय घनश्याम भण्डारीले आमाको घर (पाठेघर) स्वस्थ रहन जरुरी रहेको वताएका छन्। जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतको आयोजनामा एच.पी.भी. डीएनए परिक्षण मार्फत पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ सम्बन्धी अभिमुखिकरण कार्यक्रममा बोल्दै भण्डारीले यस्तो बताएका हुन्। उनले हिजो आमाहरुको पालामा खुलेर पाठेघर भन्न नसक्ने अवस्था थियो आज विभिन्न जनचेतनामुलक कार्यक्रमको प्रभावले गर्दा […]

Continue Reading