मुगुका राजनीतिक दलको चारबुँदे ज्ञापनपत्र: संरचनागत समस्या समाधानको माग

नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीलाई मुगुका राजनीतिक दलले चारबुँदे ज्ञापनपत्र बुझाएका छन् । बिहीबार मुगु जिल्लाको सदरमुकाम गमगढीमा जिल्लाका राजनीतिक दल नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (समाजवादी) ले समग्र जिल्लाको विकासका लागि संरचनागत समस्या सम्बोधन गर्न मागसहितको ज्ञापनपत्र बुझाएका छन् । दलहरूले नाकच्यालाग्ना सडक निर्माणका लागि पर्याप्त बजेटको व्यवस्था […]

Continue Reading

प्रधानमन्त्री कप भलिबल : आज पनि ६ खेल हुँदै

नवौं प्रधानमन्त्री कप एनभीए भलिबल लिगको दोस्रो दिन आज पनि ६ वटा खेल हुँदै छन् । पोखराको कभर्ड हलमा हुने पहिलो खेलमा महिलातर्फ न्यु डायमण्ड र कर्णाली प्रदेश खेल्दैछन् । यस्तै आजै हुने दोस्रो खेलमा नेपाल पुलिस क्लब र एभरेस्ट भलिबल क्लव खेल्दैछन् । यसैगरी आज हुने पुरुष तर्फको खेलमा हेल्प नेपाल र सुदूरपश्चिम प्रदेश […]

Continue Reading

हुम्लामा विपद् : एक हप्तापछि पठाइयो राहत सामग्री

हिमताल फुटेर आएको बाढी र पहिरोबाट प्रभावित हुम्लाको नाम्खा गाउँपालिका वडा नम्बर ६ तिलगाउँका लागि कर्णाली सरकारले एक हप्ता (७ दिन) पछि बिहीबार राहत सामग्री पठाएको छ ।  कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता उत्तम गौतमका अनुसार पाँच सेट टेन्ट (अस्थायी घर), २० क्विन्टल खाद्यान्न, १८ सेट सोलार र म्याट्रेस लगायतका राहत सामग्री […]

Continue Reading

रवि लामिछानेको रिट निवेदन हेर्दाहेर्दैमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट निवेदन र पूर्वडीआईजी छविलाल जोशीको रिट आज पनि हेर्दाहेर्दैमा राखिएको छ। न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा लामिछानेको रिट निवेदन र जोशीको रिटमाथि मंगललवारदेखि सुनुवाइ जारी छ ।  आज रविका तर्फबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले बहस गरेपछि पूर्वडीआईजी जोशीका कानुन व्यवसायीले बहस गरेका […]

Continue Reading

दुर्गा प्रसाईंसहित ५३ जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ जिल्ला अदालतले तीनकुने घटनाका मुख्य आरोपी दुर्गा प्रसाईंसहित ५३ जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति प्रदान गरेको छ। आज अदालतमा पेश गरिएकामा ५३ जनालाई नै २ दिन म्याद थप गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिनुभयो। काठमाडौँको तीनकुनेमा भएको प्रदर्शन हिंसात्मक बनेपछि सोही घटनामा संलग्न रहेको आरोपमा उनीहरूलाई […]

Continue Reading

हिमताल फुटेर आएको बाढीबाट प्रभावित गाउँमा ६ दिनपछि राहत सामग्री पठाइयो

हिमताल फुटेर आएको बाढी र पहिरोबाट प्रभावित हुम्लाको नाम्खा गाउँपालिका–६, तिलगाउँमा ६ दिनपछि बुधाबर राहत सामग्री पठाइएको छ। ‎हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जिल्ला विपद् व्यवस्थापन ब्यवस्थापन समितिबाट चामल लगायतका राहत सामग्रीहरु पठाइएको जानकारी दिनुभयो। उहाँको अनुसार १० क्वीन्टल चामल, १०० लिटर तिल, दुई क्वीन्टल नुन, दुई क्वीन्टल नै चिनी, ३० क्वीन्टल मैदा, १‘१ […]

Continue Reading

प्रचण्डको आत्मसमीक्षा: सुशासन र समाजवादका लागि माओवादी फेरि जनतामाझ

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गम्भीर आत्मसमीक्षासहित जनतामाझ आएको बताउनुभएको छ । सदरमुकाम खलङ्गामा मङ्गलबार आयोजित सर्वपक्षीय अन्तरसंवादमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले यस्तो बताउनुभएको हो। जनतासँग माओवादी, मध्यपहाडी लोकमार्ग अन्तर्गत जागरण अभियानको सिलसिलामा जाजरकोट सदरमुकाम आएका प्रचण्डले क्रियाशील राजनीतिक दल, कर्मचारी, सरोकारवाला निकाय, सर्वसाधारणसँगको अन्तरसंवादमा […]

Continue Reading

सुनको भाउ एकैदिन तोलामा पाँच हजार रुपैयाँले बढ्यो

 सुनको भाउ आज एकैदिन तोलामा पाँच हजार रुपैयाँले बढेको छ । सुन आज तोलामा पाँच हजार रुपैयाँले बढेर एक लाख ८९ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ८४ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको भाउ पनि बढेको […]

Continue Reading

हुम्लाको बाढी पहिरो प्रभावित क्षेत्रमा तत्काल राहत उपलब्ध गराउन गृहमन्त्रीको निर्देशन

गृहमन्त्री रमेश लेखकले हुम्लाको नाम्खा गाउँपालिका–६ तिल गाउँमा पहिरोबाट विस्थापितहरुलाई तत्काल राहत सामाग्री उपलब्ध गराउन निर्देशन दिनुभएको छ । सोमबार गृह मन्त्रालयमा बसेको बैठकले पहिरोबाट विस्थापितहरुलाई तत्काल त्रिपाल र खाद्यान्न लगायतका राहत सामाग्री उपलब्ध गराउन निर्देशन दिएको हो । मन्त्री लेखकले विस्थापितहरुका लागि तत्काल हेलिकप्टरबाट राहत सामाग्री र स्थलगत अध्ययनकाम लागि प्राविधिक टोली समेत पठाउन […]

Continue Reading

प्रधानन्यायाधीशद्वारा दुई आयोगका अध्यक्षलाई शपथ

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष लीलादेवी गड्तौला र सत्य निरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष महेश थापालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ । सर्वोच्च अदालतमा आज एक कार्यक्रमका बीच प्रधानन्यायाधीश राउतले दुवै आयोगका अध्यक्षहरूलाई शपथ गराउनुभएको हो । कार्यक्रममै दुवै आयोगका अध्यक्षहरूले आ–आफ्ना आयोगका सदस्यलाई पनि शपथ गराउनुभयो । […]

Continue Reading