प्रतिनिधिसभाको निर्वाचन फागुन २१ गते

प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गते हुने भएको छ। नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसका आधारमा राष्ट्रपति रामचन्द्र पौ प्रतिनिधिसभा विघटनको निर्णयसँगै निर्वाचनको मिति तोकेका हुन्। शुक्रबार राति प्रधानमन्त्री नियुक्त भएकी कार्कीले आफ्नो पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरेकी थिइन्। कार्कीले गरेको विघटनको सिफारिस र निर्वाचनको मिति राष्ट्रपति पौडेलले सदर गरेका हुन्। गत सोमबार र […]

Continue Reading

अन्ततः संसद विघटन गर्ने सहमति, प्रधानमन्त्री पदमा सपथ लिने पहिलो महिला सुशीला कार्की ।

अन्ततः लामो कसरत पछि संसद विघटन गर्ने सहमति भएको छ। शीतल निवासमा जारी सर्वपक्षीय छलफलले संसद विघटन गर्ने सहमति भएको स्रोतले जानकारी दिएको छ।यसअघि राजनीतिक दलहरूले संसद विघटनको विपक्षमा उभिँदै आएका थिए। संसद विघटन गर्ने सहमति भएसँगै पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेपालको पहिलो महिला प्रधानमन्त्रीको रूपमा सपथ लिने भएकी हुन। राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई प्रधानमन्त्री नियुक्त […]

Continue Reading

जुट्यो सहमति, शुशीला कार्की अन्तरिम सरकार प्रमुख बन्ने

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख नियुक्त गर्ने विषयमा सहमति जुटेको छ । सहमति जुटेसँगै राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई आजै नियुक्त गरी शपथ गराउने भएका छन् । राष्ट्रपतिका प्रेस विज्ञ किरण पोखेरलले दिएको जानकारी अनुसार कार्कीको शपथ ९ बजे हुनेछ । यसअघि नयाँ सरकार गठनका लागि छलफल गर्न पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसहितको टोली शीतलनिवास पुगेको थियो […]

Continue Reading

जेन-जी छलफलमा, सुशीला कार्कीलाई अघि सार्ने तयारी

२४ घण्टामै सत्ता ढालेको जेन-जी (युवा पुस्ता) नयाँ सरकार गठनको गृहकार्यमा जुटेका छन्। डिजिटल माध्यमबाट निरन्तर छलफलमा रहेका उनीहरुले अन्तरिम सरकारको प्रधानमन्त्रीको नाममा बहस गरिरहेका छन्। उनीहरुले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीका रुपमा अघि सार्ने तयारी गरेका छन्। जेन-जीले निर्णय गर्न नसक्दा नयाँ सरकार गठनको प्रक्रिया रोकिएको छ। छलफलका क्रममा उनीहरुले आफूहरूसँग न्यायपालिका, कार्यपालिका, व्यवस्थापिकाबारे अनुभव […]

Continue Reading

देशभर निषेधाज्ञा र कर्फ्यु, सेनाद्वारा सहयोगको अपिल

नेपालमा विद्यमान विषम परिस्थिति र शान्ति सुरक्षा कायम राख्नका लागि देशभर निषेधाज्ञा र कर्फ्यु जारी गरिएको छ।  नेपाली सेनाले आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै अपराधजन्य गतिविधि नियन्त्रणमा सहयोग गर्न सबैलाई अपिल गरेको छ। नेपाली सेनाले जारी गरेको विज्ञप्तिअनुसार, आज (भाद्र २५ गते) बेलुका ५ बजेसम्म देशभर निषेधाज्ञा कायम रहनेछ भने त्यसपछि […]

Continue Reading

ओलीले दिए प्रधानमन्त्री पदबाट राजीनामा

प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन्। उनले मुलुकमा उत्पन्न असमान्य परिस्थितिलाई ध्यानमा राख्दै आज पदबाट राजीनामा दिनुभएको उनको सचिवालयले जनाएको छ। विक्रम संवत् २०८१ असार ३१ गते नेपालको संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त भएका उनले संविधानसम्मत् राजनीतिक निकास र समस्या समाधानको थप पहलका लागि संविधानको धारा ७७ (१) (क) बमोजिम आजैका […]

Continue Reading

एमाले पार्टी कार्यालयमा आगजनी र तोडफोड

प्रदर्शनकारीले नेकपा एमालेको पार्टी कार्यालयमा आगजनी र तोडफोड गरेका छन् । ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा प्रदर्शनकारीले मंगलबार आगजनी र तोडफोड गरेका हुन् ।

Continue Reading

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले राजीनामा दिँदै

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पनि राजीनामा दिने भएका छन्। सोमबार जेनजीको प्रदर्शनका क्रममा सरकारको दमनका कारण १९ युवाले ज्यान गुमाएपछि सरकारको चौतर्फी आलोचना भएको छ।  ‘यस्तो अवस्थामा सरकारमा बसिरहनु जरुरी भएन, उनले भने , ‘म राजीनामा दिँदैछु।’

Continue Reading

पार्टी बैठकमा गृहमन्त्रीले भने- नैतिकताका आधारमा पदमा बस्दिनँ

गृहमन्त्री रमेश लेखकले आफू पदमा नबस्ने जानकारी पार्टीलाई गराएका छन् । सोमबार साँझ सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । एक पदाधिकारीका अनुसार, उनले ठूलो जनधनको क्षति भएको बताउँदै आफू पदमा नबस्ने बताएका हुन् । ‘आजको प्रदर्शनमा ठूलो मानवीय क्षति भयो । मैले त्यसको नैतिक जिम्मेवारी लिनुपर्छ, […]

Continue Reading

जेनजी आन्दोलनपछि बस्यो मन्त्रिपरिषद् बैठक, केही निर्णय हुनसक्ने

नेपाल सरकार मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। नियमित कार्यसूची तथा आज भएको ‘जेनजी’ पुस्ताको आन्दोलन र हिंसात्मक घटनालगायत विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक आह्वान गरेका उनको सचिवालले जनाएको छ। मन्त्रिपरिषद्को बैठकअघि सम्पन्न राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा प्रधानमन्त्री ओलीले पछिल्लो सुरक्षास्थितिका विषयमा सम्बन्धित मन्त्री र सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका थिए।

Continue Reading