अन्ततः लामो कसरत पछि संसद विघटन गर्ने सहमति भएको छ। शीतल निवासमा जारी सर्वपक्षीय छलफलले संसद विघटन गर्ने सहमति भएको स्रोतले जानकारी दिएको छ।यसअघि राजनीतिक दलहरूले संसद विघटनको विपक्षमा उभिँदै आएका थिए।


संसद विघटन गर्ने सहमति भएसँगै पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेपालको पहिलो महिला प्रधानमन्त्रीको रूपमा सपथ लिने भएकी हुन। राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई प्रधानमन्त्री नियुक्त गरी आजै ९ बजे राति सपथ खुवाउने तयारी गरेका बताईएको छ।

शीतल निवास स्रोतका अनुसार पूर्वप्रधानन्यायाधीश कार्कीले सानो आकारको मन्त्रिमण्डलसहित प्रधानमन्त्री पदमा सपथ ग्रहण गर्नेछन्। जेनजी प्रतिनिधिको सिफारिसमा कार्की प्रधानमन्त्री बन्न लागेका हुन्।
यसअघि सुशीला कार्कीलाई प्रधानमन्त्री बन्न राजनीति दलहरू सहमत भए पनि जेनजीले उठाउँदै आएको नेताहरूको सम्पत्ति छानबिनका सम्बन्धमा भने सहमति जुट्न सकेको थिएन। त्यस विषयमा पनि विस्तृत छलफल भएको स्रोतको भनाइ छ। अन्तरिम सरकार प्रमुखका रुपमा कार्कि नियुक्त भएपछि सहमति अनुसार बिघटन हुँदा प्रतिनिधि सभा बिघटन यो दोस्रो पटक हुनेछ ।
