लागु औषध सहित २३ वर्षिय युवक पक्राउ
नेपालगन्जको जमुनाह नाकाबाट लागु औषध सहित एक युवक पक्राउ परेका छन्। दाङको घोराइ उपमहानगरपालिका १० नारायणपुरका २३ वर्षिय सुरेश घर्तीलाई इलाका प्रहरी कार्यालय जमुनाहको संयुक्त टोलीले बुधबार जमुनाह नाकाबाट पक्राउ गरेको हो। उनको साथबाट १ सय ५० पिस लागु औषध ट्रामाडोल प्रहरीले फेला पारेको बताइएको छ। हाल ति युवक प्रहरीको नियन्त्रणमा रहेको बताइएको छ।
Continue Reading