२ वटा विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो

प्रतिनिधिसभाले ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक २०८१’ र ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक २०८१’ लाई दफावार छलफलका लागि संसदीय समितिमा पठाएको छ । प्रतिनिधिसभाको आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ‘ती विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी राख्नुभएको प्रस्ताव सभाबाट सर्वसम्मतिले स्वीकृत भएको हो ।

Continue Reading

गभर्नर नियुक्तिमा भइरहेको ढिलाइप्रति कांग्रेस संसदीय दलमा सरकारको आलोचना

राष्ट्र बैंकको गभर्नर नियुक्तिमा भइरहेको ढिलाइप्रति कांग्रेस संसदीय दलको बैठकमा सरकारको आलोचना भएको छ । राष्ट्र बैंकको गभर्नरबाट महाप्रसाद अधिकारीले गएको चैत २४ मा अवकाश पाएपछि सरकारले रिक्त गभर्नर पदमा नियुक्ति गर्न सकेको छैन । कांग्रेसले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवम् अर्थविद् विश्व पौडेलको नाम गभर्नरका लागि प्रस्ताव गरेको एक हप्ता बितिसकेको छ । पौडेलले गएको आइतवार नै […]

Continue Reading

गलत विचारका आधारमा वाम एकता हुन सक्दैन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गलत विचारका आधारमा वाम एकता हुन नसक्ने बताउनुभएको छ । पार्टीका तत्कालीन महासचिव मदन भडारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको ३२औं स्मृति दिवसको अवसरमा आज मदननगर बल्खुमा भएको कार्यक्रममा उहाँले सही विचारबिना धेरैतिर फर्किएकाहरूलाई वामपन्थी एकतामा ल्याउन नसकिने बताउनुभएको हो । एमाले अध्यक्ष ओलीले एकताका […]

Continue Reading

आउँदो बजेटमा अपाङ्गताका सवाल समावेश गर्न माग

आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा अपाङ्गताका सवाल समावेश गर्न माग गरिएको छ । आगामी वर्षका लागि निर्माण गर्न लागिएको योजना छनोट प्रक्रियामा अपाङ्गता भएका व्यक्तिको सहभागितामा योजना छनोट गर्न माग गरिएको हो । शनिवार वीरेन्द्रनगरमा भएको छलफल कार्यक्रमका सहभागिहरुले यस्तो माग गरेका हुन् । नेपालको घरेलु कानुन तथा अन्तराष्ट्रिय कानुनले समेत अपाङ्गता भएकाव्यक्तिहरुको […]

Continue Reading

आज ३२ औं मदन–आश्रित स्मृति दिवस

आज ३२औं मदन–आश्रित स्मृति दिवस, नेकपा एमाले र एमालेका भातृ सङ्घ सङ्गठनले विभिन्न कार्यक्रमको आयोजना गर्दैछन् । २०५० साल जेठ ३ गते चितवनको दासढुङ्गामा जीप दुर्घटना परी नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी तथा सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको थियो । रहस्यमय मानिने यो दुर्घटनाबारे अहिलेसम्म भएका छानबिनले कुनै तथ्य निकाल्न सकेका छैनन् […]

Continue Reading

कर्णाली सरकारको बेरुजु घट्दो

कर्णाली प्रदेश सरकारको बेरुजु घट्दै गएको छ । महालेखा परीक्षकको कार्यालयको सातौँ वार्षिक प्रतिवेदनले देखाएको छ । प्रतिवेदन अनुसार कर्णाली सरकारको बेरुजु १.३७ प्रतिशतले घटेर गत आर्थिक वर्ष (०८०/०८१) मा १.२२ प्रतिशतमा झरेको हो । उक्त वर्ष महालेखाले कर्णाली प्रदेश सभा, प्रदेश सरकार, मातहतका कार्यालय, समिति तथा अन्य संस्थासमेत गरी १४० वटा निकायको ३७ अर्ब […]

Continue Reading

माओवादी केन्द्रकाे दोस्रो चरणको मध्यपहाडी लोकमार्ग केन्द्रित जागरण अभियान शुरू

नेकपा माओवादी केन्द्रले दोस्रो चरणको मध्यपहाडी लोकमार्ग केन्द्रित जागरण अभियान शुरू गरेको छ । सुदूरपश्चिम प्रदेशको बैतडीमा पाटन नगरपालिकाद्वारा निर्मित स्मारकको उद्घाटन गरी अभियानको शुरुआत भएको हो । यही जेठ १० गतेसम्म सञ्चालन हुने यो अभियान पोखरामा समापन हुनेछ । अभियानकाे शुरुआत गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसअघि तराई/मधेशमा सञ्चालित हुलाकी मार्ग केन्द्रित जागरण अभियान […]

Continue Reading

सरकारले फरक विचार भएकै आधारमा दमन गरिरहेकाे छ : अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले फरक विचार भएकै आधारमा दमन गरिरहेको भन्दै आपत्ति जनाउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा राप्रपा अध्यक्ष लिङ्देनले फरक विचारकै आधारमा राजसंस्था र हिन्दू राष्ट्र पक्षधरमाथि दमन भइरहेको बताउनुभयो । उहाँले देशमा सुशासनको माग गर्नेहरूलाई सरकारले दमन नै गरिराख्ने हो भने खुलेर विद्रोहमा जाऊ, जङ्गल पस भन्न […]

Continue Reading

स्थानीय तहका कर्मचारी फेरी आन्दोलित

कर्णालीमा कार्यरत स्थानीय तहका कर्मचारी फेरी आन्दोलित भएका छन् । यसअघि संशोधनका लागि कर्णाली प्रदेश सभामा दर्ता भएको स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१, कर्णाली प्रदेश सरकारले फिर्ता लिएपछि कर्मचारी आन्दोलित भएका हुन् । कर्णाली सरकारलाई ऐन संशोधन गर्न दवाब दिदै कर्मचारी विरोधमा उत्रिएका छन् । ऐन संशोधन नहुँदा कार्यक्षेत्रमा गई सेवा प्रवाह गर्न […]

Continue Reading

पेट्रोल र डिजेलको भाउ घट्यो

नेपाल आयल निगम लिमिटेडले बिहीबार रातिबाट लागू हुने गरी पेट्रोलमा १ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ३ रुपैयाँ प्रतिलिटरका दरले घटाएको छ। मूल्य घटाएपछि काठमाडौँमा पेट्रोल १५७ रुपैयाँ र डिजेल तथा मट्टितेल १४२ रुपैयाँ कायम भएको छ। इण्डियन आयल कर्पोरेशनले बिहीबार दिउँसो मूल्य घटाएर पठाएका कारण नेपाली बजारमा पनि समायोजन गरेको निगमले जनाएको छ।

Continue Reading