माओवादी केन्द्रकाे दोस्रो चरणको मध्यपहाडी लोकमार्ग केन्द्रित जागरण अभियान शुरू


नेकपा माओवादी केन्द्रले दोस्रो चरणको मध्यपहाडी लोकमार्ग केन्द्रित जागरण अभियान शुरू गरेको छ । सुदूरपश्चिम प्रदेशको बैतडीमा पाटन नगरपालिकाद्वारा निर्मित स्मारकको उद्घाटन गरी अभियानको शुरुआत भएको हो । यही जेठ १० गतेसम्म सञ्चालन हुने यो अभियान पोखरामा समापन हुनेछ ।

अभियानकाे शुरुआत गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसअघि तराई/मधेशमा सञ्चालित हुलाकी मार्ग केन्द्रित जागरण अभियान सफल भएको पार्टीको निष्कर्ष रहेको बताउनुभयो ।

यसैबीच प्रचण्डले डडेल्धुराबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई फोन गर्नुभएको छ । मध्यपहाडी लोकमार्ग केन्द्रित जागरण अभियानका क्रममा हिजो डडेल्धुरा पुग्नुभएका प्रचण्डले देउवालाई फोन गरी आफू डडेल्धुरा आइपुगेको जानकारी गराएको बताउनुभयो । डडेल्धुरा देउवाको गृह जिल्ला हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *