भारत प्रवासबाट को-को छानिए एमाले महाधिवेशन प्रतिनिधिमा ?
काठमाडौं – नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनका लागि भारतको प्रदेशबाट प्रतिनिधि चयन भएका छन् । १०-१२ मंसिरमा चितवनमा हुने महाधिवेशनका लागि एमाले भारत प्रवास कमिटीबाट पाँच जना प्रतिनिधि छानिएका हुन् । जसमा खुलातर्फ हरि घिमिरे, लोकनाथ भण्डारी र टीका पौडेल छन् । त्यस्तै, महिलातर्फ सीता अधिकारी र बालुका बेल्बासे चयन भएका छन् ।
Continue Reading