समाजवादी जनता पार्टी एमालेमा मिसियो

काठमाडौँ । समाजवादी जनता पार्टी नेकपा (एमाले)मा समाहित भएकाे छ । पूर्वमन्त्री प्रेमबहादुर सिंहकाे नेतृत्वमा रहेकाे समाजवादी जनता पार्टी नेकपा एमालेमा मिसिएकाे हाे । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा समाजवादी जनता पार्टीका अध्यक्ष सिंहले सिंगो पार्टी एमालेमा समाहित भएको घोषणा गरेका हुन् । सिंहले आफूले नेकपा एमाले छाडेर २०६२ सालमा समाजवादी जनता पार्टी गठन गरेको […]

Continue Reading

अभिनेत्री मानन्धर र पूर्वमन्त्री सिंह एमाले प्रवेश

काठमाडाैँ । बाबुराम भट्टराईकाे नेतृत्वकाे ‘वैकल्पिक’ राजनीतिमा आएकी करिश्मा मानन्धर एमाले प्रवेश गरेकी छन् । काठमाडौँको कार्की ब्याङ्क्वेटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले करिश्मालाई पार्टीमा प्रवेश गराएका हुन् । मानन्धरसँगै पूर्वमन्त्री प्रेमबहादुर सिंहको नेतृत्वको समाजवादी जनता पार्टी पनि एमालेमा समाहित भएको छ । सिंह २०७३ सालमा तत्कालीन प्रधान मन्त्री पुष्पकमल दाहालको मन्त्रिपरिषद्मा खानेपानी मन्त्री भएका […]

Continue Reading

अभिनेत्री गायत्रीको सवारी दुर्घटनामा निधन

काडमाडौँ — अभिनेत्री गायत्री उर्फ डोली डिक्रुजको निधन भएको छ । सवारी दुर्घटनामा उनको निधन भएको भारतीय मिडियाले जनाएका छन् । दुर्घटना हैदराबादको गच्चीबोली क्षेत्रमा भएको थियो । रिपोर्टका अनुसार उनी साथीसँग कारमा यात्रा गरिरहेकी थिइन् । दुर्घटनामा उनको साथीको पनि निधन भएका छ । कार उनको साथीले चलाएकी थिइन् । कार सडक डिवाइडरसँग ठोकिएर […]

Continue Reading

विद्यालय हिँडेका दुई किशोर बेपत्ता

बागलुङ । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–७ रेशका दुई किशोर दुई दिनदेखि परिवारको सम्पर्कमा आएका छैनन् । चैत ६ गते आइतबार बिहान १० बजेदेखि रेशनुन्थलाका रामबहादुर थापाका १५ वर्षीय छोरा विष्णु थापा र सोही स्थानका उनका साथी लोर्के थापाका १६ वर्षीय छोरा आशिष थापा बेपत्ता भएका हुन् । बेपत्ता भएका दुई बालक रेशनुन्थला माध्यमिक विद्यालयमा कक्षा ८ […]

Continue Reading

लेटाङ घटना : प्रहरीको गोली लागेका युवकको अवस्था पनि गम्भीर

काठमाडाैँ । महिला प्रहरीको ज्यान गएको मोरङको लेटाङ घटनामा गोली लागेका एक युवकको पनि अवस्था गम्भीर छ । कुम, ढाड र हातमा गोली लागेका लेटाङ नगरपालिका-८ जाँतेका २० वर्षीय मिलन खड्काको विराटनगर कञ्चनबारीस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ । लेटाङ-५ को शिक्षा विकास माविकी १४ वर्षीया छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा सोही विद्यालयका शिक्षक […]

Continue Reading

अभिनेता शाहमाथि प्रहरीले अनुसन्धान सकाएर सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझायो

काठमाडौँ — बलात्कारको अभियोगमा प्रहरीको हिरासतमा रहेका अभिनेता पल शाहविरुद्धको अनुसन्धान फाइल प्रहरीले सरकारी वकिल कार्यालयलाई बुझाएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले शाहमाथि २१ दिनपछि लामो अनुसन्धान सकाएर सरकारी वकिल कार्यालयमा पेश गरेको जनाइएको छ । यसअघि नवलपरासी प्रहरीले शाहविरुद्धको अनुन्सधान सकाएर सरकारी वकिलको कार्यालयमा पेस गरिसकेको छ । र उक्त मुद्दा पनि अदातलमा […]

Continue Reading

युवतीको मृत्युपछि बन्द सुर्खेतको छिञ्चु बजार र राजमार्ग खुल्यो

टिपरको ठक्करबाट युवतीको मृत्यु भएपछि आफन्तले छिञ्चु बजार र सुर्खेत–नेपालगञ्ज सडक खुलेको छ । क्षतिपूर्ती र दोषीलाई कारबाहीको विषयमा सहमतिको नजिक पुगेपछि आफन्तले बजार र यातायात खोलेको सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले जानकारी दिए । ‘जिल्ला प्रहरी कार्यालयमा सबै पक्षबीच छलफल भएको छ, सहमतिको नजिक पुगेपछि उहाँहरूले आन्दोलन फिर्ता लिनुभएको हो,’ प्रजिअ रिजालले भने […]

Continue Reading

एमालेले पार्टी स्थापना दिवसको अवसर पारेर स्थानीय तह चुनावी घोषणपत्र सार्वजनिक गर्ने

काठमाडौं – नेकपा एमालेले आउँदो स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्ने भएको छ । सोमबार बसेको एमाले पोलिटब्यूरो बैठकले आगामी वैशाख ९ गते पार्टी स्थापना दिवसको अवसर पारेर चुनावी घोषणपत्र सार्वजनिक गर्ने निर्णय गरेको हो । बैठकमा उम्मेद्वारहरूको मापदण्ड के हुन्छ भन्ने विषयमा थप छलफल भएको उपमहासचिव पृथ्वीशुब्बा गुरूङले जानकारी दिए । उनले बैठकमा […]

Continue Reading

मलद्वारमा १ किलो २ सय ग्राम सुन लुकाएर ल्याउने भारतीय नागरिक पक्राउ

एक किलोभन्दा धेरै सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना भारतीय नागरिक पक्राउ परेको छन् । आइतवार नेपाल एअरलाइन्सको जहाजमा दुबईबाट काठमाडौं आएका भारतीय नागरिक शुभम् मेहरालाई एक किलो दुई सय ६८ ग्राम सुनसहित विमानस्थलको गेटबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले सुनलाई दुई वटा पलास्टिकमा राखेर पोको बनाइ मलद्वारमा लुकाएर ल्याएका प्रहरीले जानकारी दिएको […]

Continue Reading

एमालेले आगामी बैशाख ९ गते स्थानीय निर्वाचनको घोषणा पत्र सार्वजनिक गर्ने

काठमाडौँ – नेकपा (एमाले)ले आगामी बैशाख ९ गते स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गर्ने भएको छ । आज काठमाडौंमा सुरु भएको पार्टी पोलिटब्यूरो बैठकले बैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टी स्थापनाको दिवसको अवसर पारेर स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गर्ने निर्णय गरेको हो । बैठकमा पछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले प्रचार विभाग प्रमुख […]

Continue Reading