आज पनि स्थगित भयो प्रतिनिधिसभा
प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित भएको छ। विपक्षी दलहरूले अवरोधपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन्। उनका अनुसार अब अर्को बैठक भोलि (शुक्रवार) दिउँसो १ बजे बस्नेछ। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले संसद् बैठक अवरोध गर्दै आइरहेका छन्।
Continue Reading