प्रतिनिधिसभा बैठक स्थगित


ढिला गरी सुरु भएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। सभामुख देवराज घिमिरेले भोली बिहिबार तीन बजे बस्ने जानकारी दिए।

आज पनि सुरु हुनेवित्तिकै प्रतिपक्षी दलको विरोधका कारण अघि बढ्न सकेन।

सचेतकसँग सभामुखले छलफल गरे पनि निष्कर्ष ननिस्किएपछि सदन सुरु भएको थियो।

सदनमा प्रतिपक्षदलले आफूहरूको माग पूरा गर्नुपर्ने, भिजिट भिसामा संलग्नहरूको कारबाही, छानबिन समिति गठन गर्नुपर्ने लगायतका विषय राखेर नाराबाजी गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *