गृहमन्त्रीको राजीनामाको माग पूर्वाग्रहपूर्ण : रामहरी खतिवडा

पाली कांग्रेसका सांसद रामहरी खतिवडाले भिजिट भिसामार्फत मानव तस्करी प्रकरणमा गृहमन्त्रालय अन्तर्गतका कर्मचारीमाथि भइरहेको अनुसन्धानको विषयलाई लिएर गृहमन्त्रीको राजीनामा माग्नु पूर्वाग्रहपूर्ण भएको टिप्पणी गर्नुभएको छ। मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद खतिवडाले भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको उल्लेख गर्दै दोषी भए जुनसुकै व्यक्तिलाई कारबाहीको दायरमा ल्याउनुपर्ने बताउनुभयो। यद्यपि कर्मचारीमाथि […]

Continue Reading

नेप्से सामान्य बढ्यो, ५ वटा कम्पनीको शेयरमा सकारात्मक सर्किट

शेयर बजार आज सामान्य बढेको छ । हिजो र अस्ति घटेको शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव ८५ अङ्कले बढेर २ हजार ६ सय ७५ दशमलव ६२ विन्दुमा पुगेको छ । आज फाइनान्स, होटल, लगानी, बीमा, माइक्रोफाइनान्स र अन्य बाहेक सबै समूहको शेयर सामान्य बढेकोमा विकास बैंक समूहको शेयर भने डेढ प्रतिशतभन्दा धेरैले उकालो […]

Continue Reading

जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प

सोमबार दिउँसो जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर २४ मिनेट जाँदा भूकम्प गएको हो । जिल्लाको रामिडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पको तीव्रता ४.३ म्याग्निच्युड रहेको थियो । यसअघि, जेठ २ गते बैतडीको खलंगा केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

Continue Reading

गुणस्तर सुधारेर विदेशी विद्यार्थीलाई नेपालमा आकर्षित गराउनुपर्छ : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गुणस्तरीय शिक्षा दिने व्यवस्था गरेर विदेशी विद्यार्थीका लागि पनि नेपाललाई शिक्षाको हब बनाउनुपर्नेमा जोड दिनुभएको छ। कांग्रेस शिक्षा विभागले आज यहाँ आयोजना गरेको शिक्षा नीति विषयक बहस कार्यक्रममा उनले शिक्षा नै महत्वपूर्ण विषय भएकाले यसको गुणस्तर सुधार गरी स्वदेशी विद्यार्थीलाई देशमै रोक्ने र विदेशी विद्यार्थीलाई पनि आकर्षित गर्ने गरी नीति […]

Continue Reading

प्रधानमन्त्रीले नागरिकलाई उत्तेजित बनाउने अभिव्यक्ति दिन हुँदैन : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई उत्तेजित बनाउने अभिव्यक्ति दिन नहुने बताउनुभएको छ । आज बसेको पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले प्रधानमन्त्रीलाई आउँदा दिनमा यस्ता उत्तेजक अभिव्यक्ति नदिन ध्यानाकर्षण गराउनुभएको हो । प्रधानमन्त्री ओलीले हिजो गोदावरीमा आयोजित नेकपा (एमाले) बागमती प्रदेश कमिटीद्वारा आयोजित वडाध्यक्षहरूको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै […]

Continue Reading

कर्णाली प्रदेश प्रमुखको जिम्मेवारी मियाँलाई, जोशी उपचारका लागि अमेरिका प्रस्थान

कर्णाली प्रदेशका प्रमुख एक महिना लामो उपचारका लागि अमेरिका गएपछि सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले कर्णाली प्रदेशको प्रदेश प्रमुखको कार्यभार सम्हालनुभएको छ। कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशी आँखाको उपचार गर्न अमेरिका जानुपर्ने भएपछि संघीय मन्त्रिपरिषद् बैठकले मियाँलाई कर्णालीको जिम्मेवारी दिने निर्णय गरेको थियो । जोशी जेठ ५ गतेदेखि असार १३ गतेसम्मका लागि अमेरिकामा रहनुहुने छ […]

Continue Reading

गणतन्त्रविरुद्ध हुने कुनै पनि गतिविधि सह्य हुँदैन : एमाले

नेकपा एमालेले गणतन्त्रविरुद्ध हुने कुनै पनि गतिविधि सह्य नहुने बताएको छ । एमाले केन्द्रीय सचिवालयको आज बसेको बैठकले राजावादीहरूले जेठ १५ गते गर्न लागेको प्रदर्शन गणतन्त्रको विपक्षमा हुने भन्दै त्यसको प्रतिवाद गर्ने निर्णय गरेको छ । यस्तै बैठकले जेठ १५ गते गणतन्त्र दिवस भव्य रूपमा मनाउन पार्टी सङ्गठनहरूलाई निर्देशन पनि दिएको एमाले प्रचार विभाग प्रमुख […]

Continue Reading

कर्णाली प्रदेश सरकारले पठाएको राहत हुम्लाको लिमी पुग्यो

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीमा जेठ १ गते राति आएको बाढीपहिरोबाट पीडितका लागि कर्णाली प्रदेश सरकारले पठाएको राहत सामग्री पुगेको छ । प्रदेश सरकारले पठाएको पिठो, सोलार सेट, अस्थायी टेन्ट, म्याट्रेस सेटलगायत राहत सामग्री आइपुगेको हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताउनुभयो । प्रदेश सरकारले पठाएको राहत सामग्री प्रमुख जिल्ला अधिकारी पाण्डेय, नाम्खा गाउँपालिकाका उपाध्यक्ष […]

Continue Reading

मुख्यमन्त्री यामलाल कँडेलद्वारा अत्याधुनिक ह्याचरी उद्योगको अवलोकन

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले वीरेन्द्रनगर–१३ स्थित करेखोलामा सञ्चालित अत्याधुनिक ह्याचरी उद्योगको अवलोकन गर्नुभएको छ । मुख्यमन्त्रीसहित मन्त्रीहरुको टोलिले शनिवार कर्णाली ह्याचरी उद्योगको अवलोकन तथा निरीक्षण गर्नुभएको हो । उद्योग अवलोकनका क्रममा मुख्यमन्त्री कँडेलले उद्यमीलाई प्रोत्साहन होस् भन्ने ध्येयका साथ आफू र विषयगत मन्त्रालय सम्हालिरहेका मन्त्रीहरू यहाँ आएको बताउनुभयो । ‘सिमित स्रोत– साधनकाबीचबाट पनि […]

Continue Reading

यार्सागुम्बा सङ्कलन गर्न गएका दुई समूहबीच हानाहान

डोल्पाको ठूलीभेरी नगरपालिका-१ ठाला लेकमा यार्सागुम्बा सङ्कलन गर्न गएका दुई समूहबीच शनिबार दिउँसो झडप भएको छ। पूर्वी रुकुमको मैकोट गाउँपालिका र डोल्पाको काइके गाउँपालिका तथा ठूलीभेरी नगरपालिकाका स्थानीयबीच यार्सागुम्बा सङ्कलनमा सीमा इलाकाको विषयमा विवाद भई छ-सात सय जनाको सङ्ख्यामा रहेकाबीच झडप भएको हो। स्थितिलाई नियन्त्रणमा लिनका लागि सशस्त्र प्रहरी बल नेपाल नं ४६ गुल्म डोल्पाबाट […]

Continue Reading