अबदेखि त्रिविमा खुला प्रतिस्पर्धाबाट डीनलगायत पदाधिकारीको नियुक्ति

त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा दलका कार्यकर्ता नभइ अबदेखि खुला प्रतिस्पर्धाबाट डीन, सहायक डीन, कार्यकारी निर्देशक, क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुखलगायत पदाधिकारीहरूको नियुक्ति हुने भएको छ। त्रिभुवन विश्वविद्यालयका सावधिक पदमा नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम, २०८१ जारी भएसँगै अबदेखि खुला प्रतिस्पर्धाबाट उक्त पदाधिकारीहरूको नियुक्ति हुने भएको हो। हालसम्म पनि डीनलगायत पदाधिकारीहरूको राजनीतिक भागबन्डामा नियुक्ति हुँदै आएको थियो। […]

Continue Reading

लगानी सहजीकरण विधेयक राष्ट्रपतिले गरे प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन्। संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएको विधेयक राष्ट्रपतिले संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्। विधेयकमा राष्ट्रिय सभाले गरेको संशोधन सोमबार बसेको प्रतिनिधि […]

Continue Reading

विपद् प्रभावितलाई सहयोग गर्न सांसदको माग

प्रतिनिधिसभा सदस्यहरुले बाढीपहिरो र डुबानलगायत मनसुनजन्य विपद् प्रभावितलाई समयमा नै राहत सामग्री उपलब्ध गराउनुपर्नेमा जोड दिएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा उनीहरुले बाढीपहिरोका कारण घाइते भएकाहरुको समयमा उपचार र प्रभावितलाई समयमा नै राहत सामग्री उपलब्ध गराउन माग गरे। प्रतिनिधिसभा सदस्य ठाकुरप्रसाद गैरेले बाढीपहिराका कारण मुलुक आक्रान्त भएको र मनसुनजन्य विपद्का कारण धनजनको क्षति हुनुका साथै सडकखण्डसमेत […]

Continue Reading

देशैभरि लगातार परिरहेको झरी भोलिदेखि कम हुँदै जाने

शुक्रवार रातिदेखि देशैभरि लगातार परिरहेको झरी भोलिदेखि कम हुँदै जाने भएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो विशेष मौसम बुलेटिन निकालेर भोलिदेखि क्रमिक रूपमा वर्षाकाे मात्रा कम हुँदै जाने जानकारी गराएको हो । मनसुनी न्यून चापीय रेखा भोलिदेखि दक्षिणतिर सर्ने भएकाले मनसुनको सक्रियता घट्ने महाशाखाको सूचनामा उल्लेख छ । […]

Continue Reading

प्रधानमन्त्री प्रचण्डको समर्थन नगर्न रास्वपालाई योगेश भट्टराईको आग्रह

नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन नगर्न आग्रह गरेका छन्। आइतवार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर सांसद भट्टराईले रास्वपालाई यस्तो आग्रह गरेका हुन्। उनले प्रधानमन्त्री पुष्पकमल दाहालले प्वाल पारिसकेको डुङ्गामा बस्न उपयुक्त नभएको सुझाव दिए। उनले रास्वपाले प्रधानमन्त्रीलाई साथ दिइरहँदा अरुलाई पद र गरिमाका विषयमा उठाएको […]

Continue Reading

अझै ७ दिन बाँकी छ‚ क्यान्टोनमेण्ट घोटालाको फाइल खोल्नुस् : सांसद शाही

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले क्यान्टोनमेण्ट घोटालाको फाइल खोल्न उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई आग्रह गरेका छन्। आइतवारको प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै प्रमुख सचेतक शाहीले गृहमन्त्री लामिछानेलाई क्यान्टोनमेण्ट घोटालाको फाइल खोल्न आग्रह गरेका हुन्। उनले जिबी राईलाई पक्राउ गरेर ल्याउन पनि आग्रह गरे। अझै सरकारको ७ दिन बाँकी रहेको भन्दै उनले यो […]

Continue Reading

केपी ओली संविधानको धारा ७६ (२) बमोजिम नै प्रधानमन्त्री बन्नुहुन्छ : कांग्रेस

नेपाली कांग्रेसले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने नयाँ सरकार नेपालको संविधानको धारा ७६ (२) बमोजिम नै बन्ने बताएको छ । आज बसेको पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतक रमेश लेखकले ओली नेतृत्वको सरकार नेपालको संविधानको धारा ७६ (२) बमोजिम बन्ने बताउनुभएको हो । संविधानको धारा ७६ को २ […]

Continue Reading

रारा विमानस्थलमा चार दिनदेखि हवाईसेवा अवरुद्ध

हिमाली जिल्ला मुगु, जुम्ला र हुम्लामा वर्षाका कारण चार दिनदेखि हवाईसेवा अवरुद्ध हुँदा यात्रु मर्कामा परेका छन् । निरन्तर वर्षा हुँदा मुगु, जुम्ला र हुम्लामा उडान ठप्प छ । विभिन्न ठाउँमा जाने यात्रु गन्तव्यमा पुग्न नपाउँदा मर्कामा परेका छन् । तीन दिनदेखि जहाजको प्रतीक्षामा रहेका हरिकृष्ण ऐडीले शुक्रबार बसमा काठमाडौँ जानुपरेको बताए । “मौसममा सुधार […]

Continue Reading

जसपाका मन्त्रीले प्रचण्डलाई बुझाए राजीनामा

जनता समाजवादी पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा पत्र बुझाएका छन्। जसपाले प्रचण्ड नेतृत्त्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उसका मन्त्रीहरुले राजीनामा बुझाएका हुन्। सरकारमा जसपाबाट स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादव‚ वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडी र स्वास्थ्य राज्यमन्त्री हसिना खान थिए।

Continue Reading

अब बन्ने सरकारलाई असफल हुने छुट छैन : अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अब बन्ने सरकारलाई असफल हुने छुट नभएको बताएका छन्। एमाले र नेपाली कांग्रेसबीचको समझदारीअनुसार अब बन्ने सरकार जनतामा आशा जगाउने काममा केन्द्रित हुने उनले उल्लेख गरे। ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज पार्टीका केन्द्रीय विभागका प्रमुख तथा सचिवहरूको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्नो नेतृत्वमा अब […]

Continue Reading