सोमबार प्रचण्ड सुर्खेत आउँदै

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुर्खेत आउने कार्यक्रम तय भएको छ । ‎‎ माओवादी निकट योङ कम्युनिस्ट लिग (वाईसीएल) को कर्णाली प्रदेश सम्मेलनलाई सम्बोधन गर्नका लागि उहाँ यहीं बैशाख २९ गते सोमबार सुर्खेत आउन लाग्नुभएको हो । वाईसीएल कर्णालीले आज सुर्खेतको वीरेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गरेर यहीं बैशाख २९ र ३० गते […]

Continue Reading

भारत र पाकिस्तान तत्काल युद्धविराम गर्न सहमत

भारत र पाकिस्तान तत्काल युद्धविराम गर्न सहमत भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानले तत्काल र पूर्ण युद्धविराम गर्न सहमति जनाएका बताउनुभएको छ । अमेरिकाको मध्यस्थतामा लामो समयको वार्तापछि भारत र पाकिस्तान पूर्ण र तत्काल युद्धविराममा सहमत भएका घोषणा गर्न पाउँदा आफूलाई खुशी लागेको ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसियलमा लेख्नुभएको छ […]

Continue Reading

भारतीय राजदूतद्वारा आतङ्कवादविरुद्ध नेपालले लिएको अडानका लागि धन्यवाद व्यक्त

नेपाल सरकारले आतङ्कवादविरुद्ध लिएको अडानका लागि नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले धन्यवाद व्यक्त गर्नुभएको छ । हिजो बेलुका लैनचौरमा रहेको दूतावासमा मूलधारका आमसञ्चार माध्यमका सम्पादकहरुसँगको भेटघाट तथा छलफलका क्रममा उहाँले जम्मू–काश्मीर क्षेत्रमा भएको आतङ्ककारी आक्रमणकोविरुद्धमा नेपाल सरकार र नेपाली नागरिक उभिएकोमा खुशी व्यक्त गर्नुभयो । काश्मीरको पहलगाममा गएको वैशाख ९ मा भएको आक्रमणमा एक […]

Continue Reading

कर्णाली सरकारद्वारा तीनवटा विधेयक प्रदेशसभामा पेस गर्न स्वीकृति

कर्णाली प्रदेश सरकारले तीनवटा विधेयक प्रदेशसभामा पेस गर्न स्वीकृति दिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुर्खेत वीरेन्द्रनगरमा बसेको बैठकले त्यस्तो निर्णय गरेको हो । बैठकले ११ चैत २०८१ को पत्रबमोजिम कर्णाली प्रदेशसभामा दर्ता भएको ‘स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ लाई संशोधन गर्न बनेको विधेयक’ कर्णाली प्रदेशसभामा पेस गर्न स्वीकृत प्रदान गर्ने निर्णय […]

Continue Reading

भारत र पाकिस्तानमा रहेका नेपालीको ख्याल गर्न सभामुख घिमिरेको रुलिङ

सभामुख देवराज घिमिरेले भारत र पाकिस्तानमा रहेका नेपालीबारे ख्याल गर्न सरकारलाई रुलिङ गर्नुभएको छ । आज बसेको बैठकमा सांसदहरूले आकस्मिक समयमा सुरक्षा र कूटनीतिक चासोको विषयमा सरकारको ध्यानाकर्षण गराएपछि सभामुख घिमिरेले पनि सरकारको ध्यानाकर्षण गराउनुभएको छ । उहाँले भन्नुभयो ‘भारत र पाकिस्तानबीच सिर्जित अवस्थालाई दृष्टिगत गर्दै त्यहाँ बस्ने सम्पूर्ण नेपालीको सुरक्षालगायत पर्न सक्ने सम्भावित समस्याप्रति […]

Continue Reading

योजना तथा कार्यक्रममा कार्यान्वयन गर्न नसक्ने प्रवृत्तिको अन्त्य गर्न सांसदहरुको माग

सरकारले महत्त्वाकाङ्क्षी योजना तथा कार्यक्रम घोषणा गर्ने तर कार्यान्वयन गर्न नसक्ने प्रवृत्तिको अन्त्य गर्न सांसदहरुले माग गरेका छन् । प्रतिनिधिसभाको हिजोको बैठकमा आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि बोल्ने क्रममा सांसदहरुले नीति तथा कार्यक्रम र वार्षिक बजेटमा परेका योजनाको कार्यान्वयन पक्ष निकै कमजोर रहेको बताएका हुन । सांसद सुहाङ्ग नेम्वाङले सरकारले ल्याएको नीति तथा कार्यक्रम सकारात्मक […]

Continue Reading

हुम्लाको चंखेलीमा भ्रष्टाचार मुद्दाः सफाइ पाएपछि अख्तियारले सर्वोच्चमा पुनरावेदन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिका हुम्लाका प्रमुख प्रशासकीय अधिकृत बिष्णुबहादुर शाही समेतकालाई सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । आ.व. ०७८/०७९ मा चंखेली गाउँपालिका– २ स्थित खानेपानीको ट्याङ्की निर्माण कार्यमा उपभोक्ता समिति र गाउँकार्यपालिका बीच सम्झौता हुनु अगावै सामाग्री खरिद गरेको नक्कली विलविजक जारी भएको गरेर भ्रष्टाचार गरेको अभियोगमा बिषेश अदालतले सफाई दिएपछि आयोगले […]

Continue Reading

गौतमबुद्ध अन्ताराष्ट्रिय विमानस्थलबाट उडानको माग गरी धर्ना

गौतमबुद्ध अन्ताराष्ट्रिय विमानस्थलबाट नियमित उडान माग गर्दै निजी क्षेत्रका प्रतिनिधिहरूले विमानस्थलको मुख्य प्रवेशद्वारमा धर्ना दिएका छन्। लामो समयदेखि विमानस्थल पूर्णक्षमतामा सञ्चालनको माग गरिरहेका उद्योगी–व्यसायीले माग सुनुवाइ नभएपछि आज विरोध सभासहित धर्ना गरेका हुन्। उद्योग व्यापार संगठन, रूपन्देही (चेम्बर अफ कमर्श)को अगुवाइमा आज विमानस्थलको मुख्य प्रवेशद्वार छेकेर धर्ना र प्रदर्शन गरेका हुन्। धर्नामा दर्जनौं संघसंस्था ब्यानरसहित […]

Continue Reading

भारत–पाकिस्तान तनाव : नेपालले विमानस्थल र सीमा नाकामा निगरानी बढाउने

केन्द्रीय सुरक्षा समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र स्थल सीमा नाकामा सुरक्षा निगरानी बढाउने निर्णय गरेको छ । गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा आज गृह मन्त्रालयमा बसेकाे बैठकले भारत–पाकिस्तानबीचकाे तनावलाई मध्यनजर गर्दै विमानस्थल र सीमा नाकामा सुरक्षाा निगरानी बढाउने निर्णय गरेकाे हाे । देशमा अवाञ्छित गतिविधि हुन नदिने उद्देश्यका साथ नेपाल–भारत सीमा र विमानस्थललगायतका संवेदनशील क्षेत्रमा निगरानी […]

Continue Reading

कर्णाली सरकार र खानेपानी मन्त्रालय बिच लागत साझेदारी पत्रमा हस्ताक्षर

कर्णाली प्रदेशमा संघीयतापछि तीन तहका सरकारको लागत साझेदारीमा निर्माण हुन लागेका ठुला खानेपानी आयोजनामा संघ र प्रदेश सरकार बिच लागत साझदारीमा सम्झौता भएको छ । मंगलबार संघीय खानेपानी मन्त्रालय र कर्णाली प्रदेश सरकारको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयबीच खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना अन्तर्गत लागत सहभागितामा साझेदारी गर्ने सम्झौता भएको हो । लागत […]

Continue Reading