अरुण–४ आयोजना बनाउन भारतको सतलजसँग सम्झौता

सङ्खुवासभामा रहेको अरुण नदीमा पहिचान गरिएको अरुण–४ अर्धजलाशययुक्त जलविद्युत् आयोजना संयुक्तरूपमा निर्माण गर्नेसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । नेपाल विद्युत् प्राधिकरण र भारतको केन्द्रीय सरकार तथा हिमाञ्चल प्रदेश सरकारको संयुक्त उपक्रम सतलज जलविद्युत् निगमबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा आज प्राधिकरणका कार्यकारी निर्देशक कुलमान […]

Continue Reading

कास्कीको रुपामा एमाले विजयी

कास्कीको रुपा गाउँपालिकामा नेकपामा एमालेका उम्मेदवार विजयी भएका छन् । गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका हुन् । अध्यक्षमा एमालेका नबराज ओझाले ५७४९ मत ल्याएर विजयी हुँदा नेपाली काँग्रेसका गीमाया गुरुङले ४१३७ मत ल्याइन् । यस्तै उपाध्यक्षमा लाल सुबा गुरुङले ५३३२ मत ल्याएर विजयी हुँदा काँग्रेसका नारायण श्रेष्ठ ४१५३ ले पराजित भएका छन् […]

Continue Reading

पाल्पाको निस्दीमा गाउँपालिकासहित सबै वडामा एमाले विजयी

निस्दी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार मुक्तबहादुर सारू विजयी भएका छन्। उनी ६ हजार ६ सय ५२ मत प्राप्त गरेर विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी गठबन्धनतर्फका नेपाली कांग्रेसका उम्मेदवार गोविन्दप्रसाद अर्यालले ३ हजार ४ सय ६६ मत पाएका छन्। ३ हजार १ सय ८६ मतान्तरले सारू विजयी भएका हुन्। उपाध्यक्षमा  एमालेकै तिरनकुमारी श्रेष्ठ विजयी भएकी […]

Continue Reading

एमाले अध्यक्ष ओलीको वडामा कांग्रेस प्यानलसहित विजयी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मतदाता रहेको भक्तपुरस्थित सूर्य विनायक नगरपालिका–२ मा नेपाली कांग्रेसका उम्मेदवार प्यानलसहित विजयी भएका छन्। वडाअध्यक्षमा नेपाली कांग्रेसका प्रदीप कार्कीको प्यानल नै विजयी भएको हो। उनले एमालेका विश्वराज विष्टलाई पराजित गरेका हुन्। कार्कीले १ हजार ५११ मत प्राप्त गरे भने एमालेका विष्टले १ हजार ३०५ मत प्राप्त गरे । त्यस्तै […]

Continue Reading

पर्वतमा १० वडामा एमाले, १ वडामा गठबन्धन विजयी

पर्वतमा स्थानीय तह निर्वाचनको ११ वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ । सार्वजनिक भएको मतपरिणाम अनुसार जलजला गाउँपालिकाकाको चारवटा वडामा नेकपा एमाले विजयी भएको छ । यस्तै, महाशिला गाउँपालिकाको वडा नम्बर १ होश्राङदी र वडा नम्बर २ भोक्सिङमा एमालेको प्यानल विजयी भएको हो । बिहादीको वडा नम्बर १ बाच्छामा एमालेका उम्मेदवार चित्रबहादुर गुरुङसहित प्यानल नै […]

Continue Reading

साताको दुई दिन बिदा विश्वविद्यालयका क्याम्पसमा लागू नहुने

सरकारले निर्णय गरेको साताको दुई दिन सार्वजनिक बिदा त्रिभुवन विश्वविद्यालय (त्रिवि)अन्तर्गतका क्याम्पसमा लागू नहुने भएको छ। त्रिवि रजिस्ट्रारको कार्यालय सूचना तथा जनसम्पर्क महाशाखाले आइतबार सूचना जारी गरि बिदा लागू नगर्नू भनेको हो। सूचनामा कोभिड-१९ ले समेत शिक्षा क्षेत्रमा असर पुर्‍याएकाले समयमा कोर्स सक्न बिदाको व्यवस्था नगरिएको उल्लेख गरिएको छ। त्रिविबाट अर्को सूचना जारी नगरुञ्जेलसम्मका लागि […]

Continue Reading

मानवीय त्रुटिलाई विवादको विषय नबनाऔँ : निर्वाचन आयोग

निर्वाचन आयोगले मतगणनाका क्रममा हुने सामान्य मानवीय त्रुटिलाई विवादको विषय नबनाउन आग्रह गरेको छ। अनावश्यक विवाद झिकी मतगणना रोक्ने, हुलहुज्जत गर्ने, नाराबाजी गर्ने र समग्र मतगणनामा ढिलाई गर्ने गरिएकाप्रति ध्यानाकर्षण भएको आयोगले जनाएको छ। मतगणनाका क्रममा देखिएको गतिविधिबाट पूर्वयोजनाअनुसार जेठ ५ गते अगावै मतगणना सम्पन्न गर्ने उद्देश्यमा असर पुगेकोे आयोगले जनाएको छ। आयोगका प्रवक्ता शालिग्राम […]

Continue Reading

अब पेट्रोल १७० र डिजेल/मट्टीतेल १५३ रूपैयाँ प्रतिलिटर

सरकारले फेरि डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य ह्वात्तै बढाएको छ। शनिबार बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णय गरेको हो। याे निर्णयसँगै अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर कायम भएको छ। सरकारले आजै रातिदेखि लागू हुने गरी मूल्य बढाएको हो।

Continue Reading

सोलुखुम्बुमा कांग्रेस र माओवादीबीच झडप, एकजनाको मृत्यु

सोताङ गाउँपालिकामा मतदाता कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ। शुक्रबार साँझ दुई पक्षबीच विवाद बढेर झडप भएको थियो। यस क्रममा कांग्रेसका कार्यकर्ताको ढुंगा प्रकारबाट घाइते भएका ३५ वर्षीय सुदिप राईको फाप्लु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। कांग्रेस कार्यकर्ताको ढुंगा प्राहारबाट राईको टाउकोमा गम्भीर चोट लागेको थियो । […]

Continue Reading

६५ प्रतिशतभन्दा धेरै मत खसेकाे निर्वाचन आयाेगकाे अनुमान

निर्वाचन आयोगले पालिका चुनाव–२०७९ मा ६५ प्रतिशतभन्दा धेरै मत खसेको अनुमान गरेको छ । यसबारेमा आयोगले केहीबेरमा पत्रकार सम्मेलन गरी विस्तृत विवरण दिने तयारी गरेको छ । देशैभर खसेको मतको तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेकाले त्योभन्दा बढी पनि हुन सक्ने आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले बताउनुभयो । यसअघि निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले देशभरका […]

Continue Reading