खुला सीमाका कारण भन्सार व्यवस्थापन चुनौतीपूर्ण बन्यो : अर्थमन्त्री पौडेल

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले खुला सीमाका कारण भन्सार व्यवस्थापन चुनौतीपूर्ण रहेको बताएका छन्। बुधवार सिंहदरबारमा भन्सार विधेयक, २०८० माथि दफावार छलफल गर्न बसेको राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले एकातिर भूपरिवेष्टित र अर्कोतिर खुला सीमानाका कारणले सम्पूर्ण कारोबारलाई भन्सार बिन्दुबाट मात्रै हुने कुराको सुनिश्चितता गर्ने विषय चुनौतीपूर्ण रहेको […]

Continue Reading

प्रहरीबाटै जनताले सरकारको अनुहार देख्छन् : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रहरी प्रशासन भनेको सरकारको अनुहार भएको बताएका छन्। राज्य व्यवस्था तथा सुशासन समितिको बुधवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले प्रहरी र शान्ति सुरक्षा एक अर्कामा जोडिने भन्दै जनताले सरकारको काम हेर्ने सबैभन्दा पहिलो कुरा प्रहरी नै भएको जिकिर गरे। उनले प्रहरीले राम्रो काम गरे जनताले […]

Continue Reading

वीरेन्द्रनगरमा ४ अर्ब ३८ करोडको बजेट, उपमहानगर बनाउने लक्ष्य

वीरेन्द्रनगर नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि कुल ४ अर्ब ३८ करोड २७ लाख १५ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । उप–प्रमुख निलकण्ठ खनालले १७ औं नगरसभामा बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै वीरेन्द्रनगरलाई कर्णालीकै पहिलो उपमहानगर बनाउने दृढता व्यक्त गरे । उप–प्रमुखका अनुसार नगरको बढ्दो शहरीकरणलाई अवसरका रूपमा लिँदै शैक्षिक, प्रशासनिक र पर्यटकीय शहरका […]

Continue Reading

राइड सेयरिङ नियमावली स्थगन नगर्न सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारले जारी गरेको राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली स्थगन गर्नेगरी भएका निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश तिलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको संयुक्त इजलासले मंगलवार उक्त नियमावली कार्यान्वयन स्थगित नगर्न अन्तरिम आदेश जारी गरेको हो। गण्डकीका मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा पौडेलले अदालतले प्रदेश सरकारको एकल अधिकारमा […]

Continue Reading

प्रदेश अस्पतालका तत्कालिन लेखा अधिकृत सहित तिन जनालाई भ्रष्टाचार मुद्दा

प्रदेश अस्पताल, सुर्खेतका तत्कालिन लेखा अधिकृत (अधिकृतस्तर छैठौं) शंकरप्रसाद सुवेदीसहित तिन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार, सुन्दर कर्णाली संस्थासँग करार सम्झौता गरी सोही संस्थाबाट प्रदेश अस्पताल सुर्खेतमा कामकाज गर्न खटिएका तृप्ती शाही र कुमारी बैँकका एक्सटेन्सन काउन्टरका तत्कालीन प्रमुख गोमा सिंजाली मगरले आफ्नो जिम्मामा रहेको […]

Continue Reading

अध्यागमनमा मापदण्ड र कार्यविधिअनुसार कर्मचारी खटाउन गृहमन्त्रीको निर्देशन

गृहमन्त्री रमेश लेखकले अध्यागमन सुधारका लागि तत्काल गर्नुपर्ने कामकारबाही अघि बढाउन निर्देशन दिएका छन्। आज गृहमन्त्रालयमा बसेको आन्तरिक बैठकमा गृहमन्त्री लेखकले अध्यागमनमा कर्मचारी खटाउँदा स्पष्ट मापदण्ड र कार्यविधिअनुसार काम गर्न निर्देशन दिएका हुन्। गृहमन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयबाट अवाञ्छनीय गतिविधि भएको थाहा पाए कारबाही गर्ने चेतावानी मन्त्री लेखकले दिनुभएको बताए। “गतल […]

Continue Reading

म्याग्दीका सांसद रेशम ले रोष्ट्रमबाटै च्याते गण्डकीको बजेट किताब ।

नेकपा माओवादीका सांसद रेशम जुग्जालीले रोष्ट्रमबाटै गण्डकीको बजेट किताब च्यातेका छन । गण्डकी प्रदेशका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका  जुग्जालीले गण्डकीको वार्षिक विकास कार्यक्रमकाे किताब साेमबार रोष्ट्रममा च्यातेका हुन । भौतिक पूर्वाधार विकास मन्त्रालयको वार्षिक विकास कार्यक्रम माथि छलफलका लागि रोष्ट्रममा पुगेका जुग्जाली आफ्नो जिल्ला म्याग्दीलाइ बजेटले कुनै सम्बाेधन नगरेकाे आक्रोस व्यक्त गर्दै […]

Continue Reading

हुम्ला राष्ट्रिय सडक सञ्जालसँग जोडिने अन्तिम तयारीमा

कर्णाली कोरिडोरको हुम्ला खण्डमा पर्ने खार्पुनाथ गाउँपालिका–५ को खार्पुको दोजाम कर्णाली नदीमा बेलिब्रिज निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । नेपाली सेनाले सो बेलिब्रिज निर्माण गरिरहेकोले यही असार महिनाभित्र हुम्ला राष्ट्रिय सडक सञ्जालसँग जोडिने पक्का भएको हो । डेढ महिना अगाडि खार्पुको दोजाम कर्णाली नदीमाथि निर्माण कार्य सुरु भएको बेलिब्रिज अन्तिम चरणमा पुगेको नेपाली सेनाका […]

Continue Reading

प्रधानमन्त्रीलाई भेटेपछि जुत्ता लगाउन र दाह्री काट्न अभियानकर्मी बोहरा तयार

प्रधानमन्त्री केपी शर्मा ओलीसँग सुर्खेतबाट नांगा गोडा पैदल काठमाडौँसम्मको यात्रा पूरा गरेका अभियानकर्मी नवराज बोहराले आज प्रधानमन्त्री निवास, बालुवाटारमा भेटेका छन्। प्रधानमन्त्री ओलीलाई भेटेपछि बोहराले हर्ष व्यक्त गर्दै पहिलो चरणको अभियान पूरा भएकाले जुत्ता लगाउने र दाह्री काटेर नयाँ स्वरूपमा अघि बढ्ने बताएका छन्। बोहरा कर्णालीको सुशासन, विकास, पर्यावरणीय सन्तुलन र पशु संरक्षणलागयत मुद्दा उठाएर […]

Continue Reading

साढे १ घण्टा उभिएर विरोध गरेपछि संसद् बैठकबाट बाहिरिए रास्वपाका सांसद्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद्हरू संसद् बैठकबाट बाहिरिएका छन्। आइतबार बसेको प्रतिनिधि सभा बैठकमा झण्डै साढे १ घण्टा उभिएर विरोध गरेपछि उनीहरू बाहिरिएका हुन्। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि आरोप लगाउँदै रास्वपाका सांसदहरूले गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएका छन्। उनीहरू गत जेठ १३ गतेदेखि निरन्तर अवरोधमा उत्रिएका छन्।

Continue Reading